प्रिमियर लिग सुरु, आज हुँदैछन् यस्ता खेलहरु !

एजेन्सी – डेढ महिना भन्दा केहि दिनपछि विश्व फुटबलको चर्चित फुटबल मध्येको इंग्लिस प्रिमियर लिग शनिबार सुरु हुँदैछ । सन् २०२०/२१ सिजनको उद्घाटन खेल फुलह्याम र आर्सनलबीच हुनेछ ।

फुलह्यामको मैदानमा हुने खेल नेपाली समय अनुसार ५ः१५ बजे सुरु हुनेछ । कोरोना भाइरसका कारण प्रभावित गत सिजनको लिग जुलाईको अन्यमा सकिएको

२० टोलीको सहभागिता रहने लिगमा लिभरपुल यसपटक लिग उपाधि रक्षा गर्न सक्ला भन्ने प्रश्न पनिसँगै जोडिएर आउने गर्छ । लिगको २८ सिजनमा ८ टोलीले मात्र लगातार उपाधि रक्षा गरेको इतिहास छ ।

‘दमदार सुरुवातको अपेक्षा गरेका छौं’, प्रिमियर लिगका प्रमुख कार्यकारी रिचार्ड मास्टर्सले भने, ‘फेरि पनि लिग प्रतिस्पर्धात्क हुनेछ । इतिहास हेर्दा पनि लगातार उपाधि जित्न कठिन देखिएको छ ।’

गत सिजन लिभरपुललाई पछ्याउनेमा म्यानचेस्टर सिटी थियो । तर, ती दुई टोलीबीको अंक अन्तरपछि फराकिलो थियो । लिभरपुल, सिटी, म्यानचेस्टर युनाइटेड, चेल्सी जस्ता टोली लिगका सदाबहार दाबेदार मानिन्छन् ।

 

एक पटक पढ्नुहोस