पूर्वएमाले र माओवादी गुटको स्वार्थ नमिल्दा घिसिङको पुनर्नियुक्तिमा अन्योल

काठमाडौँ – सोमबारको मन्त्रिपरिषद बैठकमा विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा कुलमान घिसिङलाई पुनर्नियुक्ति दिने विषय बिहानैदेखि चर्चा भइरहेको थियो। घिसिङको चारवर्षे कार्यकाल आइतबार सकिएको थियो। सोमबार बस्ने मन्त्रिपरिषद बैठकले उनलाई पुनःबहाली गर्ने चर्चा थियो। तर सोमबार साँझ बसेको मन्त्रिपरिषद् बैठकमा त्यो अजेन्डा नै प्रवेश गरेन। यो समाचार आजको नागरिक दैनिकमा प्रकाशित छ।

ऊर्जामन्त्री वर्षमान पुनले घिसिङको पुनर्नियुक्तिको अजेन्डा आइतरबार नै तयार पारेर पठाएको मन्त्रालय स्रोत बताउँछ। तर प्रधानमन्त्री केपी शर्मा ओलीले त्यसलाई बैठकमा प्रवेश नै गराएनन्। एक मन्त्रीका अनुसार पुनले बैठकमा ‘प्रधानमन्त्रीज्यू मेरो अजेन्डा’ भन्नासाथ ओलीले पछि भन्ने जवाफ दिएका थिए।

एक पटक पढ्नुहोस