मदन कृष्ण भन्छन् – “कुलमानलाई त्यहि पदमा पूनर्बहाली नमिले माथिल्लो पदमा नियुक्त गरौं”

काठमाडौँ – चार वर्षे कार्यकाल सकाएर नेपाल विद्युत प्राधिकरणबाट बिदा भएका कुलमान घिसिङको समर्थनमा पछिल्ला केहि दिन देखि देशका विभिन्न स्थानमा प्रदर्शन भइरहेका छन्।

१८ घण्टा सम्म लोडशेडीङ खेप्न बाध्य देश र जनतालाई लोडशेडीङबाट मुक्त पारेको र लगातार घाटामा रहेको प्राधिकरणलाई नाफा तर्फ अगाडी बढाएर आफ्नो कौशलता देखाइसकेका घिसिङलाई प्राधिकरणको कार्यकारी निर्देशकमा फेरि नियुक्त गर्न सवत्र माग उठिरहेको छ।

कुलमानको पक्षमा सर्वसाधारण मात्र नभई कलाकार पनि अगाडी आएका छन्। कलाकारहरु लगातार सामाजिक संजाल मार्फत देश र जनताले प्राधिकरणको नेतृत्वमा कुलमानलाई चाहेको बताइरहेका छन्।

यस्तै माग गर्ने मध्ये एक हुन् वरिष्ठ हाँस्य कलाकार मदन कृष्ण श्रेष्ठ। श्रेष्ठ कुलमानले देशको जुनसुकै कुनैबाट चुनाव लडेपनि जित्ने दावी गर्छन्। साथै कुलमानलाई नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा फेरि नियुक्त गर्न नमिल्ने भए माथिल्लो पदको जिम्मेवारी दिइनुपर्ने बताउँछन्।

सामाजिक संजाल फेसबुक मार्फत श्रेष्ठ आफूले कर्मचारी संचय कोषमा जागिर खाएको बिगत सम्झिन्छन्। त्यस बखतमा एउटा कार्यालयको प्रमुख व्यक्तिले दिईएको जिम्मेवारी ईमान्दारिका पूरा गर्दा जनताले कति राहत महसुस गर्छन् भन्ने आफूले देखेको उनी बताउँछन्।

एक पटक पढ्नुहोस