भक्तपुर क्यान्सर अस्पतालको निर्देशकमा पौडेल नियुक्त

काठमाडौं । भक्तपुर क्यान्सर अस्पतालको निर्देशकमा डा.विष्णुदत्त पौडेल नियुक्त भएका छन् । संघीय सरकारले क्यान्सर अस्पतालको जिम्मेवारी लिएपछि मन्त्रिपरिषद्को बैठकले क्यान्सर रोग विशेषज्ञ डा.पौडेललाई निर्देशकमा चयन गरेको अस्पतालका डा. प्रकाशराज न्यौपानेले बताए ।
यसअघि नेपाल अर्बुद रोग निवारण गैरसरकारी संस्थाले क्यान्सर अस्पताललाई सञ्चालन गर्दै आएको थियो । नेपाल अर्बुद रोग निवारण संस्थाको व्यवस्थापन शैलीमा जनताको धेरै प्रश्न उठन थालेपछि सरकारले भक्तपुर क्यान्सर अस्पताल विकास समिति गठन गर्न आदेश दिएको थियो ।

अस्पताल सञ्चालनका लागि ११ सदस्यीय भक्तपुर क्यान्सर अस्पताल विकास समिति गठन समेत गरिएको छ । कात्तिक २४ गते मन्त्रिपरिषद्को बैठकले भक्तपुर क्यान्सर अस्पताललाई संघीय सरकारद्धारा सञ्चालन गर्ने निर्णय गरेको थियो ।

एक पटक पढ्नुहोस