After header

कोरोनाबाट नेपालमा हरेक घण्टा २ जना भन्दा बढीको निधन हुँदै !

काठमाडौँ – कोभिड–१९ को सङ्क्रमित हुनेको सङ्ख्यामा दैनिक उकालो लागिरहेको छ । कोभिड–१९ को दोस्रो लहर बढेसँगै वैशाखको शुरु देखि सङ्क्रमित हुनेको सङ्ख्या दैनिक उकालो लागेको हो । प्रत्येक दिन सङ्क्रमित हुनेको सङ्ख्या बढिरहेको छ ।

आज देशभर सात हजार ६६० मा सङ्क्रमण देखिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाइएको छ । सोमबार (वैशाख २० गते) सात हजार ४४८, आइतबार (वैशाख १९ गते) सात हजार २११, शनिबार (वैशाख १८ गते) पाँच हजार ७६३ र शुक्रबार (वैशाख १७ गते) पाँच हजार ७२७ सङ्क्रमित देखिएका थिए ।आज १६ हजार १३१ पिसिआरमा सात हजार ५८७ र ५६१ एन्टिजेनमा ७३ मा सङ्क्रमण देखिएको हो । आज देखिएका सङ्क्रमितसँगै कूल सङ्क्रमित तीन लाख ५१ हजार ५ पुगेको छ । यस्तै आज एक हजार ७७५ सङ्क्रमितबाट निको भएका छन् । अहिलेसम्म दुई लाख ८७ हजार ७९० निको भएर घर फर्किएका छन् । नेपालमा निको हुने दर ८२ प्रतिशत छ ।

५५ को निधन

यस्तै आज मात्र सङ्क्रमणबाट निधन हुनेको सङ्ख्या ५५ पुगेको छ । निधन हुनको यो सङ्ख्या हालसम्मकै उच्च हो । अहिलेसम्म तीन हजार ४१७ सङ्क्रमणबाट निधन भइसकेका छन् ।

एक पटक पढ्नुहोस