After header

एक लाख नगद सहित दश जुवाडे पक्राउ

काभ्रे/जिल्ला प्रहरी कार्यालय धुलिखेलले विशेष सुचनाको आधारमा जुवा खेलिरहेको अवस्थामा १० जना जुवाडे पक्राउ गरेको छ । काभ्रेपलाञ्चोक नमोबुद्ध नगरपालिका वडा नं. ०७ भकुण्डेबेशी स्थित विजय खड्गीको घरमा अबैध रुपमा जुवा तास खेली खेलाई भन्ने विशेष सुचनाको आधारमा नेपाली रुपैया रु. १ लाख १८ हजार ५ सय रुपैया सहित १० जना जुवाडे पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रहरी प्रमुख चक्रराज जोशीले जानकारी दिए ।
विशेष सुचनाको आधारमा यस कार्यालय तथा ईलाका प्रहरी कार्यालय मंगलटार समेतबाट प्रहरी अधिकृत सहितको टोली खटि गई उक्त घरको दुई तल्ला माथी कोठामा पैसाको हार जित हुने गरी बाजी थापी अबैध रुपमा जुवा तास खेली खेलाई रहेको अवस्थामा उनीहरुलाई पक्राउ गरिएको जोशीले बताए ।


पक्राउ पर्नेमा नमोबुद्ध नगरपालिका वडा नं. ४ का प्रेम बहादुर बि.क.,धुलिखेल नगरपालिका वडा नं. ६ का बिकाश खड्का, नमोबुद्ध न.पा. वडा नं. ५ का मंगल भन्ने ईन्द्र लाल श्रेष्ठ, नमोबुद्ध न.पा. वडा नं. ७ का ङेमा तामाङ, नमोबुद्ध न.पा. वडा नं. ७ का रोहित खनाल, नमोबुद्ध न.पा. वडा नं. ७ का सुमन कुईकेल, नमोबुद्ध न.पा. वडा नं. ३ का गणेश तिवारी, धुलिखेल न.पा. वडा नं. ११ लक्ष्मण प्रसाद थपलिया, धुलिखेल न.पा. वडा नं. ६ का पशुपतीनाथ श्रेष्ठ, नमोबुद्ध न.पा. वडा नं. ७ का नारायण खनाल रहेको उनले बताए ।
पक्राउ परेका सबैलाई “मुलुकी फौजदारी संहिता, २०७४“ को दफा १२५ को उपदफा १ बमोजिमको कसुरमा जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोकबाट म्याद थप अनुमती लिई आवश्यक अनुसन्धान भईरहेको प्रहरी प्रमुख चक्रराज जोशीले जानकारी दिए । उनी तास खेलिरहेको ठाउँबाट बतास नखोलेको ३ बट्टा र खोलेको २० बुक तास बरामत गरेको जोशी जानकारी दिए ।

 

एक पटक पढ्नुहोस