After header

लामाले दिए गाउँपालिका अध्यक्ष पदबाट राजिनामा

रोशी/काभ्रे जिल्ला रोशी गाउँपालिकाका अध्यक्ष डि.बी लामाले आफ्नो पाँच वर्षे कार्यकालको समिक्षा सहित पालिकाका कर्मचारी, जनप्रतिनिधि, स्थानीयबासीको उपस्थितीमा गाउँपालिका अध्यक्ष पदबाट राजिनामा दिएका छ्न् ।

शुक्रबार गाउँपालिकाको कार्यालयमा बोल्दै यस ५ वर्षको अवधीमा आफूलाई सहयोग गर्ने सम्पूर्ण कर्मचारी, राजनितीक दल तथा स्थानीयलाई धन्यवाद दिदैं अगामी दिनमा पनि यसरी नै साथ सहयोग गर्न आग्रह गरेका छन् । राजिनाम दिदै गर्दा लामाले आफ्नो कार्यकाल भर गाउँपालिकाको सेवा र जनताको लागि सधैव खटिएको याद गदै अबका दिनमा पनि आफू पदमा नरहे पनि सधैव रोशीका जनताको सेवामा सक्रिय रहने बताए ।

उनले पदबाट मात्रै राजिनामा दिएको बताउदै आफूले जनताका लागि गर्ने साथ सहयोग भोलि पनि निरन्तर गरिरहने बताए । उनले आज नै गाउँपालिका उपाध्यक्ष लक्ष्मी उप्रेती बतौलालाई राजिनाम बुझाएका छन् ।

एक पटक पढ्नुहोस