After header

फुल रोपेर गणतन्त्र दिवस

बेथानचोक/कार्यालय परिसरमा फुलको विरुवा रोपेर बेथानचोक गाँउपालिका वडा नं ३ ले १५औं गणतन्त्र दिवस मनाएको छ । स्थानीय समाजसेवी, जनप्रतिनिधि, राजनैतिक दलका प्रतिनिधि, वडा कार्यालयका कर्मचारी, अग्रज व्यक्तित्व र स्थानीयवासिन्दाहरुको सहभागितामा वृक्षारोपण गरि गणतन्त्र दिवस मनाईएको हो ।

‘आफ्नो गाँऊ हरावरा बनाउँ’ भन्ने भावना सहित वडा कार्यालय, सार्वजानिक स्थल, विद्यालय, चौर, पार्कहरुमा विभिन्न प्रजातिका फुलका विरुवाहरु रोपेर सुन्दर वडा बनाउने योजनाको सुरुवात गरिएको वडा अध्यक्ष कुवेर ढकालले जानकारी दिए ।

एक पटक पढ्नुहोस