काभ्रे/ नेपाल सरकारले गणतन्त्र २०७९ को अवसरमा दिईने कंैद मिनाहाबाट काभ्रेको कारागारबाट १० जना कैदीले कैद मिनाहा पाएका छन् ।
सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूबाट नेपालको संविधानको धारा २७६, फौजदारी कसूर (सजाय निर्धारण तथा कार्यान्वयन) ऐन, २०७४ को दफा ३७, फौजदारी कसूर (कैदकट्टा) नियमावली, २०७६ को नियम ३ तथा सर्वोच्च अदालतको आदेशहरू समेतका आधारमा तोकिएको कैद सजाय भुक्तान गरेका र असल चालचलन भएका खड्ग श्रेङ लिम्बुसमेतका २७१ (दुई सय एकहत्तर) जना र नरबहादुर साँवासमेतका ५४७ (पाँच सय सत्चालिस) गरी कुल जम्मा ८१८ (आठ सय अठार) जना कैदीहरूको बाँकी कैद सजाय नेपाल सरकार, मन्त्रिपरिषद्को मिति २०७९÷२÷१० को बैठकको सिफारिसमा मिति २०७९÷२÷१५ गते देखि लागू हुने गरी गणतन्त्र दिवस, २०७९ को अवसरमा माफी मिनाहा गरेको थियो ।
यी मध्ये काभ्रेको कारागारबाट १० जना कैदीहरुले कैद मिनाहा पाएको कारागार प्रमुख गायत्री अधिकारीले जानकारी दिए । कैद मिनाहा हुनेहरुमा अर्जुन खत्री भन्ने धनबहादुर खत्री ( कर्तव्य ज्यान मुद्धा), राजेन्द्र खड्का( कर्तव्य ज्यान मुद्धा), शान्तविराट देवकोटा ( कर्तव्य ज्यान मुद्धा), रेशम तामाङ ( कर्तव्य ज्यान मुद्धा), चित्रबहादुर भन्ने सञ्जीव कुन्सी मगर ( कर्तव्य ज्यान मुद्धा), सिताराम भन्ने टेकबहादुर सार्की ( कर्तव्य ज्यान मुद्धा), सोनाम तामाङ ( कर्तव्य ज्यान मुद्धा), अनिल तामाङ, (बहुविवाह) सविन भन्ने टेकबहादुर रपाल (सवारी ज्यान मुद्धा), र टेकबहादुर रानामगर( सवारी ज्यान मुद्धा) रहेकाहरुलाई राज्यले दिएको कैद मिनाहामा छुटेको अधिकारीले बताए ।
