After header

पनौती भिलेजमा नक्शा पासको लफडा

नक्शा पास नगरि बनाईएको घरहरुबारे छानविन गर्न माग

काभ्रे/ काभ्रेको पनौतीमा ठुला घरानाका व्यपारीहरुले नक्शा पास नै नगरी धमाधम घरहरु निर्माण गर्न थालेपछि तत्काल निर्माण कार्य रोकी छानविन गर्न वडा कार्यालयले छानविन प्रक्रिया अघि बढाउन नगरपालिका कार्यालयलाई अनुरोध गरेको छ ।

पनौती भिलेजमा नक्शा पास नभएका घरहरु निर्माण भैरहेको बारे मिडिया दर्पणमा समाचार आएपछि पनौती नपा वडा नम्बर ९ ले यस बारेमा चासो दिएको हो । काभ्रेको पनौती नगरपालिका– ९ स्थित खोपासीमा सिजि प्रोपर्टीज प्रा.लि. ललितपुरले नक्सा पास नै नगरि सामुहिक आवास निर्माणको काम गरिरहेको भन्ने समाचार केही दिन अगाडि मिडिया दर्पण आएपछि वडा कार्यालयले यस विषयमा चासो दिएको छ ।

यस विषयमा समाचार आएपछि महिले तुरुन्तै नगरपालिकालाई पत्र लेखीपठाएको छु । हेरौं नगर बाट के जवाफ आउँछ अनि भनौला यसका विषयमा वडा अध्यक्ष सहकुल हुमागाईले भने ।

यहाँ नेशनल होल्डीङ्ग प्रालिको नाममा रहेको जग्गामा अहिले धमाधम घरहरु निर्माण भैरहेको छ । सिजि प्रोपर्टीज प्रालिले विभिन्न कम्पनीको नाममा यहा घरजग्गाको कारोबार गरिरहेको छ । यहाँ धेरै घर बनिसकेको भएपनि अहिले वडा कार्यालयमा एउटा घरको नक्शा पास गर्न निवेदन परेको छ । वडा कार्यालयमा नक्सा पासको लागि दिएको कागजातमा सुयोन्स होल्डीङ्ग प्रालिको पनि नाम छ ।

एउटा घर निर्माणको लागि नक्शा पास गर्न निवेदन परेपछि वडा चारकिल्ला बारे जाचवुझ गर्न फिल्डमा जादाँ अनय धेरै घरहरुको निर्माण भैसकेको, केहि घरहरु निर्माणको अन्तिम चरणमा रहेको पाइएको भन्दै प्राप्त निवेदन उपर के गर्ने भन्ने बारेमा नगरपालिकालाई सोधिएको छ ।

वडा अध्यक्ष सहकुल कुमार हुमागाईले नगरपालिकालाई पठाएको पत्रमा भनिएको छ– वैशाख २१ गते कित्ता नं ५९२ र ५९३ को चार आना एक पैशा क्षत्रफलमा घर निर्माणको लागि नक्सा पास गर्न एउटामात्र निवेदन आएको यस क्षेत्रमा जादाँ नक्शा पास अगावै ३०÷४० वटा घर बनिसकेको देखिएकोले यस्तो अवस्थामा नक्शा पास प्रक्रिया अघि बढाउन गर्न मिल्ने वा नमिल्ने स्पष्ट कानुनी आधार एवं प्रक्रियाको बारेमा मार्ग निर्देशन गर्न अनुरोध छ ।

स्थानिय बासिहरुको भनाई अनुसार यहाँ १ सय १७ रोपनी क्षेत्रफलमा २ सय २० वटा घर निर्माण हुदैछ सबै साढे दुईतल्ले एकैनासको घर निर्माण हुने बताइएको छ । उनिहरुको भनाई अनुसार अहिले ६० भन्दा बढी घरको जग हालिसकेको छ । २० वटा घरको गारो लगाउने काम सकिएको छ भने ९ वटा घरको प्लाष्टर समेत सकिएको छ ।

२०५८ सालमा जग्गा खरिद गरेको २०६५ सालमा जग्गामा तारबार लगाएको भन्दै स्थानीय बासिहरुले गत श्रावण देखि निर्माण कार्य शुरु गरिएको बताएका छन् ।

पनौती नगरपालिका वडा नम्बर ९ को कार्यालयमा तलेजु गुठीको नाममा रहेको कित्ता नं ५८४ को २ रोपनी ६ आना १ पैश २ दाम जग्गाको मोहिमा त्रिशक्ति सिमेन्ट प्रा.लि. नाम कायम गर्न पनि निवेदन परेको छ । यो जग्गा पनि सामुहिक आवास निर्माण भैरहेको क्षेत्रमा रहेको अनुमान गरिएको छ ।

यस बारेमा पनि वडा कार्यालयले बुझरहेको वडा अध्यक्ष हुमागाईले बताउनु भएको छ । स्थानीय सरकार सञ्चालन ऐन २०७४ मा नक्सापास नगराई कसैले पनि घर निर्माण गर्न नपाइने व्यवस्था छ ।

एक पटक पढ्नुहोस