After header

बालमैत्री वडा बनाउने अभियानमा बेथानचोक

बेथानचोक/ काभ्रेको बेथानचोक गायँपालिका बालमैत्री वडा बनाउने अभियानमा सक्रिय रहेको छ । महिला बालबालिका तथा जेष्ठ नागरीक शाखा अन्तर्गत वडास्तरीय बाल अधिकार समिति र बालक्लब सञ्जाललाई बालमैत्री स्थानीय शासनको बारेमा छलफल जारी गरेको हो ।

बेथानचोक गाउँपालिकाले बालमैत्री पालिका बनाउनका लागि वडागत रुपमा छलफल तथा अन्र्तक्रिया कार्यक्रम संचालन गर्न थालेको छ । बेथानचोक गाउँपालिकाको उपाध्यक्ष तारा राना तिमल्सिनाको प्रमुख आतिथ्यतामा बेथानचोक गाँउपालिका वडा नं ३ मा बालमैत्री स्थानीय शासनको बारेमा छलफल तथा अन्र्तक्रिया कार्यक्रम सम्पन्न भएको छ ।

बालमैत्री स्थानीय शासन कार्यान्वय निर्देशिकामा उल्लेखित ५१ सूचाङ्कलाई परा गरी बालमैत्री वडा बनाउने प्रयासरत रहेको वडा अध्यक्ष कुवेर ढकालले जानकारी दिनु भयो ।

बालमैत्री स्थानीय शाशनका न्युनतम सूचाङ्कहरु बाल बचाउ, बाल संरक्षण, बाल बिकास, बाल सहभागिता र संस्थागत बिकास लागयतका बिषयमा निर्धारीत ५१ वटा सूचाङ्कहरु पूरा गरी आफ्नो वडालाई बेथानचोक कै पहिलो बालमैत्री वडा बनाउने लक्ष्य रहेको वडा अध्यक्ष ढकालले बताउनु भयो ।

एक पटक पढ्नुहोस