After header

बजेटबारे आजदेखि मन्त्रालयगत छलफल हुने

काठमाडौं/ नेपाल सरकारले ल्याएको बजेट बारे आजदेखि मन्त्रालयगत छलफल हुने भएको छ । अर्थमन्त्री जनार्दन शर्माले यही जेठ १५ मा संसदमा १७ खर्ब ९३ अर्ब ८३ करोड रुपैयाँको बजेट पेस गरेका थिए । संसदमा पेश गरेको बजेट बारे आज देखि छलफल हुने भएको हो ।

प्रतिनिधिसभामा आजदेखि आगामी आर्थिक वर्ष २०७९÷०८० को बजेटमा मन्त्रालयगत छलफल हुने भएको छ । बिहान ११ बजेपछि छलफल गर्न बैठक बस्ने संसद् सचिवालयले जनाएको छ । बजेटबारेको सैद्धान्तिक छलफल भएपछि मन्त्रालयगत छलफल हुने भएको हो ।

संसद् सचिवालयका अनुसार आजको बैठकमा कानुन, न्याय तथा संसदीय मामिला, युवा तथा खेलकुद, श्रम, रोजगार तथा सामाजिक सुरक्षा, वन तथा वातावरण, शहरी विकाससँगै भूमि, व्यवस्था र महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको बजेटमाथि छलफल हुने कार्यसूची रहेको छ ।

सचिवालयले मन्त्रालयगत छलफलपछि विभागीय मन्त्रीहरूलाई जवाफ दिन दुई दिनको समय उपलब्ध गराउने भएको छ । जवाफ दिने दिन यही २६ र २७ जेठ तोकिएको छ । मन्त्रीहरूको जवाफपछि बजेट पारित हुने छ ।

एक पटक पढ्नुहोस