काठमाडौं/ खुकुरी प्रहार गर्ने एमाले निकट युवा संघका पूर्वजिल्ला अध्यक्ष पक्राउ परेका छन् । आफ्नै सहकर्मीलाई खुकुरी प्रहार गर्ने अछाम जिल्लाका युवा संघका पूर्वजिल्ला अध्यक्ष समेत रहेका कपिल भण्डारीलाई पक्राउ गरिएको छ ।
मंगलसेन नगरपालिका–३, अछामका कमनसिंह बोगटी ३ महिना अगाडि खुकुरी प्रहार गरी फरार रहेका भण्डारीलाई प्रहरी विराटनगर बाट पक्राउ गरेको छ । बोगटी बिहान जिम जाने क्रममा भण्डारी लगायतका अरु बाइक आएर पछाडि बाट खुकुरी प्रहार गरी ढाड, हात र खुट्टामा गहिरो चोट लागेकाले उनले ४४ वटा टाँका लगाउनु गरि आक्रमक गरिएको थियो ।
प्रहरीका अनुसार भण्डारीले २०६६ सालमा नेपाल कमर्स क्याम्पस (एनसीसी) का अखिल अध्यक्ष भुपेन्द्र शाहलाई पनि खुकुरी हानेका थिए । घटनामा डेढ वर्ष फरार भएका उनी पछि अदालत हाजिर भएर छुटेका थिए । २०६४ सालमा बालकुमारीको एनसीआरटी क्याम्पसमा ६५ वर्षीय वृद्धलाई खुकुरी हानिएको घटनामा पनि उनी जोडिएका थिए ।
खुकुरी हानेको तीन महिनासम्म उनी फरारै रहे । हालै उपत्यका अपराध अनुसन्धान कार्यालय, बानेश्वरले उनलाई विराटनगरबाट पक्राउ गरेर काठमाडौं ल्याएको छ । कार्यालयका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) वसन्तबहादुर कुँवर भन्छन्, ‘उनी खासमा राजनीतिक आवरणमा गुण्डागर्दीमा संलग्न रहेछन्, पक्राउ गरेर अनुसन्धान थालेका छौं ।’
एसएसपी कुँवरका अनुसार ज्यान मार्ने उद्योग सम्बन्धी कसूरमा अनुसन्धानका लागि अदालतबाट म्याद थप गरेर विस्तृत अनुसन्धान थालिनेछ । घटनामा संलग्न थप व्यक्तिको अहिलेसम्म पहिचान खुलेको छैन । कुँवर थप्छन्, ‘उनीमार्फत पनि अन्य व्यक्तिबारे खुल्नसक्छ, यद्यपि, अन्य पाटोबाट पनि अनुसन्धान गरिरहेका छौं ।’
प्रहरीका अनुसार भण्डारीले २०६६ सालमा नेपाल कमर्स क्याम्पस (एनसीसी) का अखिल अध्यक्ष भुपेन्द्र शाहलाई पनि खुकुरी हानेका थिए । घटनामा डेढ वर्ष फरार भएका उनी पछि अदालत हाजिर भएर छुटेका थिए । २०६४ सालमा बालकुमारीको एनसीआरटी क्याम्पसमा ६५ वर्षीय वृद्धलाई खुकुरी हानिएको घटनामा पनि उनी जोडिएका थिए ।
पेशाले ‘इन्भाइरोमेन्ट कन्सल्ट्यान्ट’ भण्डारी पनि युवा संघसँग जोडिएका व्यक्ति हुन् । प्रहरीका अनुसार उनी र कपिलबीच अछाममा पार्टीको अधिवेशनका बेला विवाद भएको थियो । ‘त्यतिबेला कपिलले रड हानेका रहेछन्, बोगटीले पनि प्रतिकार गरेका रहेछन्,’ अनुसन्धानमा संलग्न एक अधिकृत भन्छन्, ‘त्यसैको बदलामा घटना भएको जस्तो देखिन्छ ।’
हालै युवा संघका संयोजक किरण पौडेलले प्रेस विज्ञप्ति निकालेर भण्डारीलाई साधारण सदस्य समेत नरहने गरी कारबाही गरिएको जनाएका छन् ।
यो घटनाको एकसातापछि शंखमुलमा पनि खुकुरी प्रहारको अर्को घटना सार्वजनिक भएको थियो । अपराध अनुसन्धानका कार्यालयका प्रमुख कुवँर भन्छन्, ‘खुकुरी प्रहारका घटना बढेपछि सुक्ष्मरुपमा अनुसन्धान र निगरानी गरिरहेका छौं ।’
