श्रम सहकारीले मिनी ठेकेदार जन्माउँछ ः पूर्व अर्थमन्त्री खतिवडा

सन्तोष तिमल्सिना
धुलिखेल/  पूर्वअर्थमन्त्री डा. युवराज खतिवडाले श्रम सहकारीको प्रावधानले मिनी ठेकेदार जन्माउने बताउनु भएको छ । काभ्रेको धुलिखेलमा जिल्ला सहकारी संघद्वारा आयोजित काभ्रे जिल्ला स्तरीय सहकारीका ब्यवस्थापकीय प्रमुखहरूको गोष्ठीको उद्घााटन सत्रलाई सम्बोधन गर्दै पूर्व अर्थमन्त्री खतिवडाले सरकारले आर्थिक वर्ष २०७९÷८० को बजेटमा श्रम सहकारीमार्फत १० करोडसम्मको विकास निर्माणको ठेक्का लिन पाउने व्यवस्थाले सहकारी अभियानलाई नै पछि धकेल्न सक्ने संकेत गर्नु भयो ।

सहकारीले सदस्यबीच सहकार्य गरी उनीहरुकै आर्थिक, सामाजिक उत्थानका लागि काम गर्ने बताउँदै डा. खतिवडाले भन्नुभयो,“सदस्यले ज्यालामा काम गर्दैनन, श्रमको माध्यमबाट आर्थिकस्तर माथि उकास्छन । तर श्रम, ज्याला र ठेक्कामा काम गर्ने सहकारी कस्तो हुन्छन् ? त्यस्ता संस्था मिनी ठेकेदार मात्रै हुन ।”

यस्तै वर्तमान वित्तिय अवस्थालाई लक्षित गर्दै डा. खतिवडाले वर्तमान अवस्था विद्यमान तरलता संकटको समस्या तत्काल समाधान नहुने बताउनु भयो । अस्वभाविक क्षेत्रमा लगानी बढेको हुँदा तरलता समस्या आएको र पुँजी पलायन, हुण्डी कारोबार एवं व्यापारमा हुने विचलनलाई रोक्न नसके तरलता समस्या हल नहुने उहाँले बताउनु भयो । सहकारीमा सुशासन कायम गर्न स्थानीय तहले सहकारीको अनुगमन गर्ने प्रणलीको विकास गनुपर्ने धारणा व्यक्त गर्नु भयो ।

धुलिखेलमा सहकारीका प्रमुखहरुको गोष्ठी जारी

काभ्रे जिल्लामा संचालित सहकारी संघ संस्थाका ब्यवस्थापकीय प्रमुखहरुको जिल्ला स्तरीय भेला धुलिखेलमा संचालन भैरहेको छ । पूर्व अर्थमन्त्री डा. युवराज खतिवडाले उद्घाटन भएको उक्त कार्यक्रमको जिल्ला सहकारी संघ काभ्रेले आयोजना तथा कोअपरेटिभ मेनेजर्स क्लब काभ्रेको व्यस्थापन रहेको छ ।

संकटपछि नयाँ समान्य अवस्था अंगाल्दै सहकारी भन्ने थिम सहित जारी गोष्ठीमा काभ्रे जिल्लामा संचालित सहकारी संस्थाहरुका १२९ जना प्रमुख कार्यकारी अधिकृत तथा व्यवस्थापकीय प्रमुखहरुको सहभागिता रहेको छ । गोष्ठी पश्चात पछिल्लो समय सहकारी अभियानमा देखा परेका समस्या, विकृति र चुनौतीहरुलाई अंगाल्दै, संकट र चुनौतीहरुलाई सहज रुपमा समाधान गर्न सक्ने ब्यवस्थापकीय कार्यकुशलता र क्षमतावानमा विकास हुने अपेक्षा राखिएको जिल्ला सहकारी संघका कार्यकारी अधिकृत ज्ञानेन्द्र दाहालले बताउनु भयो ।

होटल सारथी, धुलिखेलको सभा हलमा जारी गोष्ठीको पहिलो सत्र अन्तर्गत सहकारीमा प्रभावकारी वित्तिय संरचना, राष्ट्रिय अर्थतन्त्र निर्माणमा सहकारीको भूमिका, प्रभावकारी ऋण असुली, सहकारीमा मोबाईल बैकिङ्गको प्रयागे लगायतका बिषयमा अन्तक्र्रिया तथा प्रस्तुतिकरण गरिएको थियो ।

२ दिनसम्म संचालन हुने उक्त कार्यक्रमको दोस्रो दिन (आज) सहकारीमा मानवसंशाधनको नवप्रवर्तन, सहकारीमा डेविट कार्डको प्रयोग, सहकारीप्रति सकरात्मक सोच, सफल ब्यवस्थापकहरुको अनुभव आदान प्रदान लगायत बिषयवस्तुमा केन्द्रित रहने कोअपरेटिभ मेनेजर्स क्लब काभ्रेका अध्यक्ष मदन बस्नेतले बताउनु भयो ।

पहिलो दिनमा प्रभावकारी वित्तीय संरचनाको विषयमा विषय विज्ञ कुवेर निरौलाले प्रस्तुतिकरण गर्ने, राष्टिय अर्थतन्त्र निर्माणमा सहकारीको भूमिका विषयमा डा. देवराज रोकाले, प्रभावकारी ऋण असुली विषयमा प्रकाश पोखरेलले र सहकारीमा मोबाइल बैंकिङ विषयमा सन्जय महासेठले प्रस्तुति पस्तुतिकरण गर्नु भएको छ ।

आजको सेक्नन संघका कार्यकारी अधिकृत ज्ञानेन्द्र दाहाल मेनेजर्स क्लबका अध्यक्ष मदन बस्नेत तथा सफल मेनेजर्सहरु माधव पौडे, अपिल कोईराला, मिलन ढकाल लगायतले संचालन गर्ने कार्यतालिका रहेको छ ।

जिल्ला सहकारी संघ, काभ्रेका अध्यक्ष दिलिप शर्माको अध्यक्षतामा भएको गोष्ठीको उद्घाटन समारोहमा राष्टिय सहकारी महासंघका सञ्चालक डि.बी बस्नेत, नेफ्स्कुनका अध्यक्ष परितोष पौड्याल, राष्टिय सहकारी बैंकका सञ्चालक ज्ञानबहादुर तामाङ, बागमती प्रदेश सहकारी संघका अध्यक्ष रामशरण घिमिरे, बागमति प्रदेश बचत तथा ऋण सहकारी संघ )प्रोस्कुन)का अध्यक्ष उद्धव सापकोटा, जिल्ला सहकारी संघ काभ्रेका सल्लाहकारहरु टिकाबल्लभ सापकोटा, विनोद पराजुली, मुकुन्दप्रसाद दाहाल, काभ्रेपलाञ्चोक जिल्ला बचत तथा ऋण सहकारी संघका अध्यक्ष जितेन्द्र नकर्मी, जिल्ला बहुउद्देश्यीय सहकारी संघ, काभ्रेका अध्यक्ष विधान जोशी लगायतले कार्यक्रम प्रशंसा गर्दै मन्तव्य व्यत्तः गरेका थिए ।

एक पटक पढ्नुहोस