सचेतनाका लागि दिप प्रज्वलन

बनेपा/ लागु औषध दुरुपयोग तथा ओसारपसार विरुद्ध अन्तराष्ट्रिय दिवस अवसरमा सचेतनाका लागि काभ्रेको बनेपामा दिप प्रज्वलन कार्यक्रम सम्मपन्न भएको छ ।

नागरिक समाज, नेपाल प्रहरी, जिल्ला प्रशासन कार्यालय काभ्रेको सहकार्यमा लागूऔषध बिरुद्धको अन्तराष्ट्रिय दिवसको अवसर पारेर बनेपामा दीप प्रज्वलन कार्यक्रममा गरेको थियो ।

दिप प्रज्वलन कार्यक्रममा सहभागीले लागूऔषधको प्रयोगले सपनालाई लुट्ने बताएका थिए । बनेपाको चारदोवाटोमा सोमबार साँझ जिल्लाको सिडिओ, एसपी, ईलाका प्रहरी कार्यालय र ट्राफिक प्रहरी कार्यालयका प्रमुख, गायक, पत्रकार र सामाजिक संस्थाका नेतृत्वमा रहेका अगुवाहरुको सहभागि रहेका थिए । उनीहरुको हातमा मैनबत्ति र सडकमा लागूऔषधले सबै सपना लुट्ने लेखिएको थियो ।

कार्यक्रममा सहभागी सबैको एउटै अनुरोध थियो । कृपया लागू औषधको प्रयोगमा नफसौं । इलाका प्रहरी कार्यालय बनेपा र जिल्ला ट्राफिक कार्यालय काभ्रेले बढ्दो दुव्र्यसन रोकथामका लागि सचेतना दिने उदेश्यले दीप प्रज्वलन कार्यक्रम गरिएको जानकारी दिए ।

कार्यक्रममा प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेले भोलिका दिनमा कोहि पनि यस्ता दुव्र्यसनमा नफसौं । यसले मान्छेको जिवन सराख बनाउछ । त्यसैले यसका विरुद्धमा सबैले समयै मै लागु औषधको ओसारपसार विरुद्ध प्रहरीलाई सुचना दिई सहयोग गर्न आग्रह गरेकी थिईन् ।

कार्यक्रममा जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रहरी प्रमुख चक्रराज जोशीले लागु औषध विरुद्ध सबैले प्रहरीलाई सुचना दिएर भावि दिनमा आफ्ना बालबच्चाहरुलाई यस्ता दुव्र्यसनबाट बच्न र बचाउन सबैले सहयोग गर्न आग्रह गरेका थिए ।

कार्यक्रममा प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डे, एसपी चक्रराज जोशी, इलाका प्रहरी कार्यालयका प्रमुख नारायण थापा, जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख राजेश सिलवाल लगायत विभिन्न ब्यक्तिहरुको सहभागी रहेको थिए ।

एक पटक पढ्नुहोस