जुसमा नशालु पदार्थ खुवाएर बलात्कार गरेको आरोपमा एक जना पक्राउ

काठमाडौं/ जुसमा नशालु पदार्थ खुवाएर बलात्कार गरेको आरोपमा प्रहरी एक जनालाई पक्राउ गरेको छ । काभ्रेको तेमाल– ९ घर भई हाल बनेपा बस्दै आएका विश्व तामाङलाई प्रहरी पक्राउ गरेको छ ।

असार ५ मा आरोपीलाई बल्खुबाट पक्राउ गरेर प्रहरी वृत कालिमाटीले ७ दिनको म्याद लिएर अनुसन्धान गरिरहेको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी मैनालीले जानकारी दिए ।

केही दिन अगाडि देखि सामाजिक संजाल इमो मार्फत सम्र्पकमा आई नम्बर साटासाट गरि चिनजान भएका तामाङले आफूलाई विवाह गर्ने भन्दै बलात्कार गरेको युवतीले बयान दिएकी छन् ।

विदेशबाट फर्केकी युवती सग १५ दिनसम्म सामाजिक संजाल ‘इमो’ मार्फत सम्पर्कमा आएका उनले जेठ २९ गते चाबहिल चोकमा भेटौँ, मन्दिरमा विवाह गरौं ’ भन्दै आफूलाई विवाह गरेर घरजम गर्ने सपना सम्हालेर चावहिल चोकमा आएकी युवतीलाई विश्वले ट्याक्सीमा चढाए, भोटेबहालमा लगे । भोटेबहालमा रहेको ‘होली क्यासल’ गेष्ट हाउसको कोठा नम्बर ३०१ मा लगेर आफूलाई विश्वले बलात्कार गरेको ति युवतीले प्रहरीलाई बताएकी छिन् ।

बलात्कृत युवती रुन र चिच्याउन थालेपछि विश्वले साँझपख भोटेबहाल चोकमा लगेर केहीबेर घुमाए । अनि, फेरि होटलमा ल्याए । ४ बजेतिर समोसा र जुस खुवाएको थाहा छ त्यस पछि आफूलाई केही थाहा नभएको ति युवतीले बताईन् ।

आफूलाई बेहोस् पारेर पछि होस्मा आउदा आफू सग भएको १ लाख रुपैया पैसा, सुन र मोवाईल सबै चोर भागेको रहेन्छ उनले बताईन् ।जग्गाको कारोबार गर्ने उनले युवतीसँग ‘केटीएम तामाङ’को नामबाट इमोमा कुराकानी गर्ने गरेको प्रहरीको अनुसन्धानबाट खुलेको एसपी मैनाली जानकारी दिए ।

जुसमा नशालु पदार्थ खुवाएर बलात्कार गरेको अनुसन्धानबाट खुलेको एसपी दिनेशराज मैनालीले बताए । ‘नशा लागेर पीडित बेहोस भएपछि आरोपी लुटेर भागेको देखिन्छ । बलात्कारपछि पीडितको मोवाइल समेत लिएर उनी भागेको एसपी मैनालीले जानकारी दिए ।

युवतीलाई नशा लागेपछि विश्वले उनको साथमा भएको १ लाख नगद सहित २ तोला सुन लुटेको भागेको पिडितको बयान रहेको एसपी मैनालीले बताए । पैसा लुटेको कुरा विश्वले प्रहरीसँग अस्वीकार गरेका छन् ।

एक पटक पढ्नुहोस