रविलाई बधाई लेख्दै दाजु हरिले भने, आफू जिवनभर भाईको पार्टी नरहने

काठमाडौं/  चर्चित पत्रकार रवि लामिछानेले भर्खरै मात्र घोषण गरेको पार्टीमा आफू जिवनर नरहने भन्दै उनका दाजु हरिशरणले सामाजिक सञजालमा बधाई दिएका छन् । पूर्वसञ्चारकर्मी हरिशरण लामिछानेले भाइ रवि लामिछानेले घोषणा गरेको राष्ट्रिय स्वतन्त्र पार्टीमा आफू नरहने घोषणा गरेका छन् ।

उनले रवि लामिछानेले आज घोषणा गरेको नयाँ पार्टीमा परिवारवाद नरहने बताएका छन् । हरिशरणले सोही कुराका कारण पनि आफू उक्त पार्टीमा नरहने बताएका हुन् ।

“दर्ता हुन बाँकी सो पार्टीका कुनै पनि गतिविधीमा म परिवारको नातेदारको नाताले नैतिक रूपले संलग्न हुने त कुरै भएन । राजनैतिक रूपले त्यो पार्टीमा म आजीवन रहने छैन भन्ने जानकारी पनि गराउँदछु,” उनले फेसबुकमा लेखेका छन् ।

उनले भाइ रविलाई बधाई दिँदै परिवारवादलाई निषेध गर्नु राम्रो प्रयास पनि भएको बताएका छन् । हरिशरणले पार्टी प्रवेश गर्दा नाता अप्रमाणित भएको प्रमाणपत्र लिन पनि सुझाएका छन् ।

“कुनै पनि नयाँ सदस्यले अब देशभर आफ्नो जन्मकुन्डलीलाई अर्को सदस्यसँग भिडाइ नाता ’अप्रमाणित’ भएको प्रमाणपत्र लिएर मात्र पार्टी प्रवेश गर्नुहोला ।

पछि आपसी मायाप्रेममा परी बिहेबारी भै कुनै अवस्थामा नाता प्रमाणित भएमा सदस्यता खारेज हुन सक्छ है,” उनले लेखेका छन् । यसरी परिवारका सदस्यबाट नै यस्ता खालका अभिब्यक्ति आईरहदाँ के रवि भोलि सफल रहलान त ?

 

एक पटक पढ्नुहोस