बनेपा/ नेपाल प्रेस यूनियनको नवौ महाधिवेशनमा केन्दीय अध्यक्ष पदमा उम्मेदवारी दिने वर्तमान उपाध्यक्ष समेत रहेका काभ्रेका वरिष्ठ पत्रकार इश्वरी ओझाले घोषण गरेका छन् ।
आज काभ्रेको प्रेस यूनियनको भेलामा आयोजित सभामा सम्मोधन गदै वर्तमान केन्द्रीय उपाध्यक्ष समेत रहेका ओझाले आफूले यही साउन ६ र ७ गते हुन गईरहेको केन्द्रीय महाधिवेशमा केन्द्रीय अध्यक्ष पदका लागि उम्मेदवारी दिने बताएका छन् ।
यसका लागि सबै जनाले आ–आफ्नो ठाउँ बाट साथ र सहयोग गर्न आग्रह गरेका छन् ।
