After header

तेमाल गाउँपालिकाको दोस्रो बैठक एमालेबाट निर्वाचित जनप्रतिनिधिद्वारा बहिस्कार

तेमाल / नयाँ जनप्रतिनिधि निर्वाचित भएर आएसँगै तेमाल गाउँपालिकाको नयाँ बजेट र नीति कार्यक्रम चलिरहेको बेला ११ औँ गाउँसभाको दोस्रो पूर्ण बैठक एमालेबाट निर्वाचित जनप्रतिनिधिद्वारा बहिस्कार गरिएको जनाएको छ ।

आज बुधबार तेमाल गाउँपालिकाको केन्द्र नारायणस्थानमा सञ्चालन भइरहेको ११ औं गाउँसभाको दोस्रो पूर्ण बैठक नेकपा एमालेबाट निर्वाचित जनप्रतिनिधिहरूद्वारा बहिस्कार गरेको जनाइएको छ । तेमाल गाउँपालिकाको १ नंं। वडा र ४ नं। वडाका जनप्रतिनिधिहरूले संयुक्त रुपमा हस्ताक्षर गर्दै बैठकमा भाग नलिने भन्दै बहिस्कार गरेको बताइएको छ ।

२०७९र०८० को ११ औं गाउँसभामा पालिकाबाट विनियोजित भएको वडास्तरको बजेटमा जनसंख्या, भुगोलको आधारमा आफूहरू साथमा रहेको बताउँदै गाउँसभाको सम्बोधन पछि जुन हिसाबले वडा नं. १ र वडा नं। ४ का वडाध्यक्षलाई जानकारी बिना गुमराहमा राखी वडा नं। २,३, ५, ६, ७, ८, ९ मा एकलौटी रुपमा प्रति वडा १० लाखभन्दा माथि रकम विभेद गरी थप गरिएको र आफूहरूको क्षेत्रमा बजेट माथि विभेद गरिएको र थप भएको बजेटमा प्रदेश र संघबाट आएको बजेट पनि एकलौटी रुपमा वितरण गरिएको भन्दै बैठक बहिस्कार गरिएको बताइएको छ ।

ध्यानाकर्षण सहितको बहिस्कार गरिएको आधिकारिक पत्र

उनीहरूले एक ध्यानाकर्षण पत्र लेख्दै जनताको हित विपरीत बजेट विनियोजित गरेकोमा आपत्ति जनाउँदै बैठक बहिस्कार गरेको पत्रमा उल्लेख गरिएको छ ।

एक पटक पढ्नुहोस