बनेपा/ काभ्रेको बनेपा ११ अपाङ्ग बाल अस्पतालको स्टाफ बोकेको बस दुर्घटना भएको छ । अपाङ्ग बाल अस्पतालको स्टाफ बोकेको बा १ क ५७४७ नम्बरको गाडि दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रहरी नायब उपरीक्षक हरी खतिवडाले बताए । दुर्घटनामा अस्पतालका महिला कर्मचारीको मृत्यु भएको उनले बताए ।
मृत्यु हुनेमा अस्पताल मा कार्यरत ४५ वर्षीय लेख कुमारी बस्नेत रहेको डिएस्पी खतिवडाले जानकानरी दिए । घाईते बस्नेतको शिर मेमोरियल अस्पतालमा उपचारको क्रममा उनको मृत्यु भएको उनले बताए । बसमा सवार अन्य ३५ जनाको विभिन्न अस्पतालमा उपचारका पठाईएको र अन्यको स्वास्थ् अवस्था सामान्य रहेको उनले बताए ।
बसले मोरसाइकललाई साइड दिँदा बसले दिएको साइडको ठाउँ भासिएको र बस रोड छेउको रुखमा अड्किएकोले ठूलो क्षति हुनबाट जोगिएको बताइएको छ ।
