After header

नेपाल प्रहरीमा भर्ना खूल्यो ( हेर्नुहोस् संख्या सहित )

काठमाडौं/ नेपाल प्रहरीमा प्रहरी सहायक निरीक्षक (असई) र प्रहरी जवानको भर्ना खुल्योको छ ।नेपाल प्रहरीले ४ सय ४३ जना प्रहरी सहायक निरीक्षक (असई) भर्ना खुलाएको छ । प्रहरी प्रधान कार्यालयले आइतबार सूचना प्रकाशित गर्दै यसअघि माग गरिएका संख्यामा थप गरी कुल जम्मा ४ सय ४३ जना असईको भर्ना खुलाएको हो ।

त्यसैगरी २ हजार ४ सय ७४ जना प्रहरी जवानको पनि भर्ना प्रहरीले खुलाएको छ । २०७८ असोज २२ गते सूचना प्रकाशन गरी ३ सय ६७ जना असई माग भएपनि ७६ जना थप गरी कुल जम्मा ४ सय ४३ जना असई माग गरेको सूचनामा उल्लेख छ ।

यता २०७८ मंङ्सिर १० गते विज्ञापन प्रकाशन गरी १ हजार ९ सय ७१ जना प्रहरी जवान माग गरेको थियो यसमा ५ सय ०३ जना थप गरी कुल जम्मा २ हजार ४७४ जना प्रहरी जवान माग गरेको छ ।माग गरिएका मध्ये असईमा ४० जना र जवानमा २ सय १९ जना महिला रहेका छन् ।

एक पटक पढ्नुहोस