After header

भुम्लुमा श्रम अभियान शुरु

भुम्लु/ काभ्रे जिल्लाको भुम्लु गाउँपालिकाले महिनाको एकदिन सार्वजनिक श्रम अभियान सुरु गरेको छ ।श्रम अभियानको पहिलो दिन दोलालघाट सल्ले सडक अन्तर्गत घट्टेखोला, दुम्रे खण्डमा सडकको दायाँबायाँमा रहेको अनावश्यक झाडीहरुलाई सडक सफा पारिएको छ ।

श्रम अभियान कार्यक्रममा गाउँपालिकाका अध्यक्ष, उपाध्यक्ष, वडा अध्यक्षहरु, कर्मचारीहरु, विभिन्न संघसंस्थाहरु, नागरिक समाज र राजनीतिक दल लगायतको सहभागिता रहेको थियो ।गाउँपालिकाका अध्यक्ष प्रेमबहादुर भुजेलका अनुसार महिनाको एकदिन सार्वजनिक श्रम अभियान शुरु गरेको बताए ।

गाउँपालिका निर्माणका लागि अबका दिनमा सबै मिलेर महिनाको एकदिन पाटी, पौवा, सडक, सार्वजनिक स्थल सरसफाई गर्ने उनको भनाइ्र्र थियो । गाउँपालिकाका उपाध्यक्ष जितेन्द्रमान तामाङले उपस्थित सबैलाई धन्यवाद दिँदै यस्तो अभियानले आफ्नो ठाउँका नागरिकले केही गर्नुपर्छ भन्ने धारणा जाग्ने बताए ।

उनले गाउँपालिकाको अभियानलाई सबै जनताको साथ र सहयोग रहेको समेत बताए । अभियानमा उपस्थित भएकाहरुले पालिकाले यो शुरु गरेको अभियान राम्रो रहेको बताउँदै अभियानमा साथ दिन बताए ।

एक पटक पढ्नुहोस