After header

अबदेखि नेपालमा बनेको कपडा मात्रै लगाउने रबि लामिछानेको घोषणा

झापा/  रबि लामिछनेले अब देखि नेपालमा बनेको कपडा मात्रै लगाउने घोषणा गरेका छन् । राष्टिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेले अबदेखि आफूले नेपालमा बनेका लुगाहरु मात्रै लगाउने घोषणा गरेका हुन्। आज बिहिबार झापामा आयोजित पार्टीको जिल्ला भेलामा उनले नेपालकै उत्पादनलाई प्राथमिकता दिने बताएका हुन्।

लामिछानेले नेपाली उत्पादनलाई प्रवर्द्धन गर्नुपर्ने भन्दै त्यसका लागि आफूबाटै सुरु गर्नुपर्ने धारणा व्यक्त गरेका थिए। उनले भने, ‘नेपालमा बनेका लुगा र सामान प्रयोग गर्दा उत्तिकै प्रभावशाली देखिनसक्छु जस्तो लागेको छ। मैले अहिले लगाएको तलदेखि माथिसम्मको पोशाक नेपाली उत्पादन हो। म निरन्तर नेपाली उत्पादनमात्रै प्रयोग गर्नेछु।’

स्वदेशी उत्पादनको प्रवर्द्धनमा आफ्नो पार्टी लागिपर्ने उनको भनाइ छ ।

एक पटक पढ्नुहोस