काठमाडौं/ नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुषपकमल दाहाल प्रचण्ड ३ दिने भ्रमणका लागि आज भारत जाँदै छन् । डेढ महिनाअघि नेपालका लागि तत्कालीन भारतीय राजदूत विनय मोहन क्वात्राले भारतको तर्फबाट निम्तो दिएको प्रचण्डको सचिवालयले जनाएको छ ।
भारतीय जनता पार्टी (भाजपा)को निमन्त्रणामा प्रचण्ड शुक्रबार दिउँसो १ बजे भ्रमणका लागि नयाँ दिल्ली जानका लागेका हुन् ।
प्रचण्डको सचिवालयका अनुसार त्यस क्रममा प्रचण्डले जुलाइको दोस्रो सातासम्म भ्रमण सम्भव हुने बताए पनि भाजपाका अध्यक्ष जगतप्रकाश नड्डाले नै निम्तो दिएपछि औपचारिकरुपमा भ्रमण तय भएको हो । प्रचण्ड साउन १ गते आइतबार स्वदेश फर्किने छन् ।
