After header

६० औं इन्जिनियर दिवसको अवसरमा सात विधामा इन्जिनियर र संस्थालाई सम्मान गरिंदै

काठमाडौं/  इन्जिनियर एसोसिएसनले हरेक वर्ष साउन ३ गतेलाई ‘इन्जिनियर दिवस’को रूपमा मनाउँदै आएको छ । यसै अवसरमा आज ६० औं इन्जिनियर दिवस नेपाल इन्जिनियर्स एसोसिएसनले प्रज्ञा भवन कमलादीमा विशेष कार्यक्रम आयोजना गर्दै छ । ६० औं इन्जिनियर दिवसको अवसरमा सात विधामा इन्जिनियर र संस्थालाई सम्मान गर्ने भएको छ ।

प्रधानमन्त्री शेरबहादुर देउवाको समेत उपस्थितिमा हुने समारोहमा राष्ट्रका लागि उत्कृष्ट योगदान पु¥याउने इन्जिनियर र संस्थाहरुलाई सम्मान समेत गरिने कार्यक्रम रहेको सस्थाले जनाएको छ ।एसोसिएसनका अनुसार कार्यक्रममा लाइफटाइम अचिभमेन्ट अवार्ड, इन्टरप्रेनरसिप अवार्ड, शहीद नवराज विष्ट मेमोरियल अवार्ड, युथ प्रोफेसनल अवार्ड, महिला इन्जिनियर अवार्ड, इन्जिनियरर्स एप्रिसियसन अवार्ड र बेस्ट इन्नोभेसन अवार्ड वितरण गरिने छ ।

आज दिउँसो २ बजेपछि भने फोहोरको दीर्घकालीन व्यवस्थापन र स्थानीय सरकारमा सूचना प्रविधिको प्रयोग सम्बन्धी विषयमा छलफल हुने छ । साँझ ५ बजेपछि सांस्कृतिक कार्यक्रम आयोजना गरिएको छ ।

एक पटक पढ्नुहोस