After header

काभ्रेमा मोटरसाइकल दुर्घटना हुँदा १ जनाको मृत्यु

सडक दुर्घटनामा ४ जना घाइते

काभ्रे/ काभ्रेमा गएराति सडक दुर्घटना हुदाँ एक जनाको मृत्यु भएको छ भने चार जना घाईते भएका छन् ।काभ्रेको रोशी गाउँपालिका ११ डालाबेशीमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् ।

काठमाडौंबाट सिन्धुलीतर्फ जाँदै गरेको बा ७० प ४१८२ नम्बरको मोटरसाइकल आज बिहान साढे २ बजे डिभाइडरमा ठोक्किएर दुर्घटना हुँदा चालक सिन्धुलीको मझुवा गाउँपालिका–५ का १९ वर्षीय मिलन मग्रातीको मृत्यु भएको जिल्लाा प्रहरी कार्यालय काभे्रका सुचना अधिकृत हरि खतिवडाले जानकारी दिए । मग्रातीको धुलिखेल अस्पतामा उपचारको क्रममा मृत्यु भएको उनले बताए ।

सो दुर्घटनामा मोटरसाइकल पछाडि बसेका मृतकका २१ वर्षीय दाइ प्रेमबहादुर मग्राती घाइते भएका छन् । उनको अवस्था सामान्य रहेको र धुलिखेल अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

यसैबीच चरिकोटबाट काठमाडौं आउँदै गरेको ग२च ७०९२ नम्बरको कार र विपरीत दिशाबाट जाँदै गरेको बा४ख ४९१८ नम्बरको टिपर हिजो बेलुकी दोलाघाटमा सवा ८ बजे आपसमा ठोकिदा तिन जना घाईते भएका छन् । घाइते चारै जनाको धुलिखेल अस्पतालमा उपचार भइरहेको छ ।

टिपर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय काभ्रेका सुचना अधिकृत हरि खतिवडाले जानकारी दिए ।

एक पटक पढ्नुहोस