काठमाडौं/ नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई बिच भेटवार्ता सम्पन्न भएको छ । मंगलबार सिंहदरबारस्थित माओवादी केन्द्रको संसदीय दलको कार्यालयमा प्रचण्ड र बाबुरामबीच भेटवार्ता भएको थियो ।
भेटवार्तापछि पत्रकारहरुसँग कुरा गर्दै माओवादी अध्यक्ष प्रचण्डले बाबुराम सत्तारुढ गठबन्धनमै रहने बताए । भेटवार्ता पछि बाबुरामले सत्तारुढ गठबन्धनमै रहने आफू रहेने बताएको प्रचण्डको भनाई रहेको छ ।
‘बाबुरामजी पनि गठबन्धनमै हुहुनुन्छ’ ‘(जसपाबाट) अलग भए पनि यो गठबन्धन कुनै हालतमा छाड्दिन भन्नुभएको छ ।’ उनले भने ।
जनता समाजवादी पार्टीले संघीय परिषद अध्यक्ष रहेका डा. बाबुराम भट्टराईलाई कारबाही गरेर पदबाट हटाएको छ । डा. भट्टराई पक्षको भेलाले पनि पार्टी पुनर्गठन गर्ने निर्णय गरेको थियो ।