इन्जिनियहरुको समस्या समाधान गर्न तयार ः प्रधानमन्त्री देउवा

काठमाडौं/  प्रधानमन्त्री शेरबहादुर देउवाले इन्जिनियरहरुको समस्याको समाधान गर्न सरकार तयार रहेको बताएका छन् । ६० औं इन्जिनियर दिवसको अवसरमा मंगलबार काठमाडौंमा आयोजित कार्यक्रममा उनले इन्जिनियरहरुलाई दक्ष बनाउन सके मात्रै देशको विकास हुने भन्दै यसका लागि सरकार तयार रहेका बताए ।

इन्जिनयरिङ पेशालाई थप व्यवसायिक र राष्ट्रिय आवश्यकता पूर्ति गर्ने गरी विकास गर्नुपर्ने उनको धारण थियो । ‘सुविधा सम्पन्न राष्ट्र निर्माणमा इन्जिनियरहरुको योगदान अतुलनीय हुन्छ । समयको गतिसँगै यस पेशालाई थप व्यवसायिक र विशिष्ट बनाउँदै राष्ट्रिय आवश्यकता पूर्ति हुने गरी विकास गर्दै जानुपर्ने खाँचो छ’, प्रधानमन्त्री देउवाले भने, ‘इन्जिनियरहरुलाई दक्ष बनाउन र उनीहरुले काम गर्ने क्रममा आएका सबै समस्या समाधान गर्न सरकार तयार छ ।’ उनले भने ।

कार्यक्रममा राष्ट्रका लागि उत्कृष्ट योगदान पु¥याउने इन्जिनियर र संस्थाहरुलाई सम्मान समेत गरिएको थियो ।

एक पटक पढ्नुहोस