काभ्रे/ प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेको संयोजकत्वमा काभ्रेमा ‘समुदाय प्रहरी जिल्ला समिति’ पुनः गठन गरिएको छ ।अपराध रोकथाम, सामाजिक विकृति विसंगति विरुद्ध जनचेतना फैलाउने, सुरक्षा व्यबस्थापनमा जनसहयोग अभिवृद्धि गर्ने, र समग्रमा समुदायिक सुरक्षालाई अभिवृद्धि गर्न नेपाल प्रहरी र सम्बद्ध सरोकारवालाहरु बिच संस्थागत साझेदारी निर्माण गर्ने उद्देश्य अनुरुप ‘समुदाय प्रहरी जिल्ला समिति’ पुनः गठन भएको प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेले जानकारी दिईन् ।
संयोजकमा प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डे, सह संयोजक काभ्रे जिल्ला प्रहरी प्रमुख चक्र राज जोशी रहेका छन् । त्यसै गरी सल्लाहकारमा जिल्ला समन्वय समिति प्रमुख दिपक गौतम र धुलिखेल नगरपालिका मेयर अशोक ब्याञ्जु रहेका छन् । सदस्य सचिवमा जिल्ला प्रहरी कार्यालय काभ्रेका सुचना अधिकृत प्रहरी नायब उपरिक्षक हरि खतिवडा रहेका छन् ।
त्यसैगरी सदस्य गैर सरकारी संस्थाका टोम सापकोटा, जिल्ला बाल क्लब संजालका सुबोध धिमाल, जिल्ला प्याप्सनका सत्य नारायण श्रेष्ठ, अभिभावक संघका दिल्ली राज श्रेष्ठ, नेपाल पत्रकार महासंघका बद्रि राज तिमल्सिना, काभ्रे उद्योग वाणिज्य संघका राजेन्द्र पसक्षे, पूर्व प्रहरी संगठनका प्र ना नी मनोरब आचाय, नेपाल बाल संगठनका बिदुर हुमागाई, धुलिखेल उद्योग वाणिज्य सघंका मन्जु कुमार कोजु रेडक्रस सोसाइटीका नारायण ढुंगाना र नागरिक समाजका तर्फबाट निर्मला काफ्ल रहेका छन् ।