After header

बलात्कार आरोपमा करातेका २ प्रशिक्षक पक्राउ

विराटनगर/  बलात्कारको आरोपमा लागेका करातेका दुई प्रशिक्षकलाई प्रहरीले पक्राउ गरेको छ । आफूलाई पटक पटक बलात्कार गरेको भनी १९ वर्षीय किशोरीले जाहेरी दिएपछि उनीहरुलाई पक्राउ गरेको मोरङ जानकारी दिएको छ ।

आफूलाई सामूहिक बलात्कार गरेको भन्दै १९ वर्षीया किशोरीले जाहेरी दिएपछि बलात्कारको आरोपमा विराटनगर महानगरपालिका–४ का ५० वर्षीय अमर भनिने सुरज सुवेदी र विराटनगर–३ का ५० वर्षीय विनोद राउतलाई पक्राउ गरिएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी दीपक श्रेष्ठले जानकारी दिए । किशोरीले होटलमा लगेर सामूहिक बलात्कार गरेको जाहेरी दिएपछि आइतबार पक्राउ गरेर हिरासतमा राखेको डीएसपी श्रेष्ठले बताए ।

दुई महिना अघिदेखि किशोरी कलेज जान छाडे पछि अभिभावकले सोधीखोजी गरेपछि उनले आफू सामूहिक बलात्कारमा परेको र कलेजमा जानसक्ने अवस्थामा नभएको बताएपछि अभिभावकको सहयोगमा किशोरीले जाहेरी दिइएको प्रहरीको भनाई छ ।

 

एक पटक पढ्नुहोस