After header

दुबईमा गजल र कविताको संगम

युएईको बरदुबइस्थित सृजना बाचन डबलीको ‘अक्षरहरूको आवाज श्रृङ्खला-२0’ प्रदीप रोदन विशेष बनेको छ ।

नेपालका चर्चित युवा गजलकार प्रदिप रोदनलाई विशेष प्रस्तुतिको लागि आमन्त्रित गरिएको उक्त कार्यक्रममा रोदनले दुई दर्जनभन्दा बढी गजल प्रस्तुत गरे । रोदनसँगै नकुल पैड्याल, श्रीभवानी नेपाल, डिएल घिमिरे, सुरज राना, डिजि शर्मा, इन्धन डिबि भन्डारी, समर चेम्जोङ, प्रतीक सङ्ग्रामी, विलासी मान्छे, अटल उपेन्द्र, घायल दिपक कार्की, हरिहर कडेल, सोनी भण्डारी, अनुप्रिया, सरु शितल राईलगायतले रचना वाचन गरे ।

गजल कविता र पुस्तकको त्रिवेणी बनेको कार्यक्रममा चन्द्र गुरुङको ‘जब एउटा मान्छे हराउँछ’, असीम सागरको ‘क’, मिना श्रेष्ठको ‘फर्गट एस्टर्डे’, सन्तोप अम्गाईंको ‘सयल’ (मुक्तकसङ्ग्रह), माधव बिडारीको ‘विशाक्त माया’, दिनेश धामीको ‘आधा जीवन’, सिम्रन क्षेत्रीको ‘झुमर’, र निर्दोश जीवनको ‘नोस्टाल्जिया’लाई युएईका पाठकसामु सार्वजनिक गरियो ।

एक पटक पढ्नुहोस