After header

एसईई नतिजा आज सार्वजनिक गरिदै

नतिजा एसएमएस, आईभीआर र वेबसाइटबाट हेर्न सकिने

काठमाडौं/  एसईईको नतिजा आज बुधबार सार्वजनिक गरिने भएको छ । माध्यमिक शिक्षा परीक्षा (एसईई)को नतिजा आज सार्वजनिक हुने परीक्षा नियन्त्रक अर्जुनकुमार रायमाझीले जानकारी दिएका छन् । नतिजा सार्वजनिक गर्ने निर्णय गर्न आज दिउँसो २ बजे बोर्डको बैठक बोलाइएको उनले जानकारी दिए । हामीले सबै तयारी पूरा गरिसकेका छौ, त्यसैले आजको बोर्ड बैठक सकेपछि नतिजा सार्वजनि गरिने उनले बताए ।

नतिजा ग्रेड अनुसार नै सार्वजनिक गरिने छ । ९० र सोभन्दा माथि अंक ल्याउनेलाई ए प्लस, ८० र सोभन्दा माथि तर ९० भन्दा कम ल्याउनेलाई ए, ७० र सोभन्दा माथि तर ८० भन्दा कम अंक ल्याउनेलाई बी प्लस तथा ६० र सोभन्दा माथि तर ७० भन्दा कम अंक ल्याउनेलाई बी ग्रेड दिइने छ ।

यसैगरी ५० र सोभन्दा माथि ६० भन्दा कम अंक ल्याउनेलाई सी प्लस र ४० र सोभन्दा माथि तर ५० भन्दा कम अंक ल्याउनेलाई सी ग्रेड दिइने बोर्डले जनाएको छ ।

एसईईको नतिजा एसएमएस, आईभीआर र वेबसाइटबाट पनि थाहा पाउन सकिन्छ । नेपाल टेलिकमको १६०० नम्बरमा डायल गरी प्राप्त निर्देशन अनुसार नतिजा थाहा पाउन सकिने परीक्षा बोर्डले जनाएको छ ।

 

एक पटक पढ्नुहोस