After header

दुर्घटनामा एकको मृत्यु एक घाइते

काभ्रे/  काभ्रेको बनेपा वडा नं १३ भैसेपाटीमा मोटर साइकललाई ट्रकले ठक्कर दिदाँ मोटर साइकलमा सवार एकको मृत्यु भएको छ भने एक जना घाईते भएका छन् ।

मंगलबार बेलुका ७ बजे तिर बनेपा बाट भक्तपुर तर्फ जादै गरेको ना ८ ख ८०८७ नम्बरको ट्रक र बा ६७ प २८९२ नम्बरको मोटरसाइकल ठोकिदा रोशी गाउँपालिका वडा नं १ का कृष्ट लामाको मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय काभ्रेका प्रमुख राजेश सिलवालले जानकारी दिएका छन् ।

मृतक लामा मोटरसाइकलमा पछाडी सवार रहेको प्रहरीले जनाएको छ । मोटरसाइकल चालक रोशी १ का एण्डी लामाको बनेपा अस्पतालमा उपचार भईरहेको छ । ट्रक र चालकलाई बनेपा प्रहरीको नियन्त्रणमा रहेको दुर्घटनाको बिषयमा थप अनुसन्धान भईरहेको इलाका प्रहरी कार्यालय बनेपाका प्रमुख नारायण थापाले बताए ।

एक पटक पढ्नुहोस