प्रशिक्षक बस्नेत नेदरल्याण्ड प्रस्थान

काठमाडौं/ नेदरल्याण्डमा हुन गईरहेको विश्व आईटीएफ तेक्वान्दो प्रतियोगिताका लागि तेक्वान्दो आइटीएफ नेपालकी प्रशिक्षक सस्मिनी बस्नेत आज नेदरल्याण्ड प्रस्थान गरेकी छिन् ।

यही जुलाई २८ देखि अगष्ट १ तारिक (साउन १२ देखि १६ गते)सम्म नेदरल्याण्डको राजधानी आम्सटरडम शहरमा विश्व आईटीएफ तेक्वान्दो प्रतियोगिताका लागि उनी नेदरल्याण्ड प्रस्थान गरेकी हुन् ।नेपालले अफÞिसीयल अम्पायरको रुपमा प्रतियोगितामा आफ्नो उपस्थिति जनाउन लागेको हो ।

प्रशिक्षक सस्मिनी बस्नेतले यसअघि नेपालमा आयोजना भएका विभिन्न प्रतियोगिताका साथै सन् २०१९ मा दक्षिण कोरियामा आयोजना भएको अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगितामा समेत अम्पाएर गरीकेकी छिन् । सस्मिनीलाई तेक्वान्दो आईटीएफ नेपालका अध्यक्ष एवं अन्तर्राष्ट्रिय सिनियर प्रशिक्षक लक्ष्मण बस्नेत, सचिव उद्वब कार्की, कोषाध्यक्ष गयाजी खड्का तथा टर्किस एअरका कन्ट्री मेनेजर मिस्टर अदुल्लाह लगायतले त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा विदाई गरेका छन् ।

उनी टर्किस इअरबाट त्यसतर्फ प्रस्थान गरेकी छिन् ।

एक पटक पढ्नुहोस