After header

नेपाल पुलिस स्कुल साँगामा नवनिर्मित भवनको उद्घाटन

काभ्रे, साँगा

अस्मिता केसी/ प्रहरी महानिरीक्षक (आईजीपी) धिरज प्रताप सिंहले गुणस्तर र प्रभावकारी शिक्षा प्रवर्दधनमा भौतिक पूर्वाधारको महत्वपूण भूमिका हुने बताएका छन् । आज सोमबार काभ्रेको साँगामा नेपाल पुलिस स्कुल साँगाको परिसरमा नवनिर्मित भवनको उद्घाटन गदै उनले शिक्षा प्रणालीलाई थप समयसापेक्ष, परिस्कृत र प्रयोगात्मक बनाउँदै अभिभावकको चाहना र राष्ट्रको आवश्यकता पूरा गर्न दक्ष एवं सुयोग्य जनशक्ति उत्पादनमा नेपाल पुलिस स्कूल एक अनुकरणीय र सफल विद्यालयको रूपमा स्थापित हुनुपर्नेमा उनले जोड दिए ।

कार्यक्रममा विद्यालय व्यवस्थापन समितिमा अध्यक्ष प्रहरी अतिरिक्त महानिरीक्षक अरुण कुमार विसीले नवनिर्मित भवनले भोलिका दिनमा विद्यालयलाई थप सहयोग पुग्ने बताए । एकेडेमिक ब्लक, मेस भवन र २ वटा पुरुष छात्रावासको निर्माण सम्पन्न भई आज उद्घाटन भएको छ यसबाट विद्यालयका लागि ठूलै राहत पुगेको उनले बताए ।

कार्यक्रममा प्रहरी महानिरीक्षक सिंहले विद्यालयमा लामो समयसम्म आवद्ध रही योगदान पु¥याए बापत कदर गर्दै शिक्षक उद्वव कार्कीलाई डिबी लामा टिचर्स अवार्ड २०७८ र नगद सहित सम्मान गरे । यसैगरी उनले २५ वर्षभन्दा लामो अवधिसम्म विद्यालयमा योगदान गर्ने शिक्षक तथा कर्मचारीहरु सुरेन्द्र वाग्ले, कृष्ण बहादुर बिष्ट, श्याम सुन्दर सापकोटा, कृष्ण राज अर्याल, शम्भु प्रसाद निरला, हरिहर तिमिल्सिना, राज कुमार नेपाल, निर बहादुर थापा र राज कुमार पोखरेल तथा हाल कार्यरत शिक्षकहरू हरि भक्त कार्की, सन्जोक अधिकारी, रबिना श्रेष्ठ, शिव हरि थापालाई कदरपत्र प्रदान गरे ।

साथै उनले तुल्सीभक्त कन्सट्रक्सन प्रालि, तारा निर्माण सेवा र ब्राइट कन्सट्रक्सन प्रालि एवं प्रहरी विद्यालयमा कार्यरत ५ जना प्रहरी कर्मचारीहरूलाई समेत कदरपत्र प्रदान गरे ।कार्यक्रममा नेपाल प्रहरी प्रधान कार्यालय भौतिक पूर्वाधार निर्देशनालयका प्रहरी निरीक्षक ई. शम्भू प्रसाद कोइरीले भवन निर्माण सम्बन्धी प्रतिवेदन प्रस्तुत गरेको कार्यक्रममा स्कुलका निमित्त प्राचार्य सुरेन्द्र वाग्लेले स्वागत मन्तव्य राखेका थिए भने विद्यालयका समादेशक प्रहरी नायव उपरीक्षक दधिराम न्यौपानेले धन्यवाद ज्ञापन गरेका थिए ।

कूल २१ करोड ३४ लाख ३२ हजार ७ सय ४६ रुपैयाँको लागतमा निर्माण सम्पन्न भएको उक्त भवनहरु नेपाल पुलिस स्कुल साँगाको आन्तरिक स्रोत, नेपाल प्रहरी कल्याण कोषको ऋण सहयोग तथा नेपाल सरकारको तर्फबाट राष्ट्रिय पुनः निर्माण प्राधिकरण कोषको सहयोगबाट निर्माण सम्पन्न भएको थियो ।

कार्यक्रममा प्रहरी अतिरिक्त महानिरीक्षकहरू, बनेपा नगरपालिकाका प्रमुख, काभ्रे जिल्लाका प्रमुख जिल्ला अधिकारी, प्रहरी नायव महानिरीक्षकहरु, नेपाल प्रहरी तथा सशस्त्र प्रहरी बल नेपालका वरिष्ठ प्रहरी अधिकृतहरु, विद्यालय व्यवस्थापन समितिका पदाधिकारीहरु, स्थानीय तहका प्रतिनिधिहरु, शिक्षक तथा विद्यार्थीहरु, सञ्चारकर्मी, विभिन्न संघसंस्थाका प्रतिनिधिहरु लगायतको उपस्थिति रहेको थियो ।

एक पटक पढ्नुहोस