After header

बनेपा नगर प्रमुख शान्तिरत्न विवादै विवादमा

उपमेयरले च्यातिन नगर प्रमुखले दिएको अवकाश पत्र

काभ्रे/  बनेपा नगरपालिकाका प्रमुख शान्तिरत्न शाक्य निर्वाचित भएको तिन महिना नपुग्दै गर्दा विवादै विवादमा मोछिएका छन् । काम भन्दा पनि सस्तो लोकप्रियता र राजनिती पहुँचको आधारमा लाग्दा नगर प्रमुख शाक्य यति बेला विवादमा परेका छन् । केही समय अगाडि फुटपाथ व्यवसायीलाई हटाउने र अहिले करारमा रहेका कर्मचारीलाई एकल निर्णय गरेर हटाउन खोज्दा उनी विवादमा आएका छन् ।

नगर प्रमुख शाक्यले नगरपालिकामा कार्यरत कानुनी सल्लाहकार, प्रेस सल्लाहकारदेखि तत्कालिन नगर प्रमुखका स्वकीय सचिव, तत्कालिन उपप्रमुखका स्वकीय सचिवसहित ६ जनालाई अवकाश पत्र दिइएका विषयलाई लिएर यति बेला नगरपालिकामा विवाद शुरु भएको छ । प्रमुख प्रशासकीय अधिकृत प्रकाश आचार्य कार्यालय नआएको दिन पारेर तयार पारिएको अवकाशपत्रमा शाक्य आफैंले हस्तक्षर गरेर प्रमुख प्रशासकीय अधिकृतलाई बोधार्थ दिइएको भन्दै एमाले बाट निर्वाचित जनप्रतिनिधिले विरोध जनाएका छन् ।

उपमेयरले च्यातिन नगर प्रमुखले दिएको अवकाश पत्र

करारमा कार्यरत कर्मचारीलाई नगर प्रमुख शान्तिरत्न शाक्यले एकल निर्णय बाट हटाउन खोजेको भन्दै मेयरले दिएका अवकाश पत्र उपमेयर विमला सापकोटाले नगर प्रमुखको कार्यकक्षमा च्यातेकी छन् । एकल निर्णय गरि करामा कार्यरत कर्मचारीलाई अवकाश पत्र जबर्जस्ती दिन लागेको र सलाई फिर्ता लिन आग्रह गर्दा नगर प्रमुख शाक्यले अवकाशपत्र फिर्ता लिन नमानेपछि उपप्रमुख बिमला सापकोटाले ६ जनालाई नै दिन तयार पारिएको अवकाशपत्र नगर प्रमुख शाक्यकै सामुन्ने च्यातेर त्यसलाई अस्वीकार गरिकी छिन् ।

कार्यपालिका वा नगर सभाले निर्णय गनुपर्नेमा मेयर सापले एकल निर्णय गरेकाले यसलाई नसाच्याए भोलिका दिनमा आन्दोलन समेत गर्ने उनले बताईन् । राजनीतिक अस्थाका आधारमा कर्मचारी राख्ने या हटाउने भन्दा पनि कार्यपालिकाबाट निर्णय गरेर कर्मचारीको कार्यसम्पादन मुल्यांकनअनुसार उनीहरुको म्याद थपबारे निर्णय हुनुपर्ने आफूहरुको अडान रहेको उपप्रमुख बिमला सापकोटाको भनाई छ ।

उता मेयर शाक्यले भने विवाद आएपछि अब कार्यपालिकाका बैठक बोलाएर यसका विषयमा छलफल गर्ने बताएका छन् भने बैठक कहिले र कुन दिन बोलाउने भने टुगो लागेको छनै ।

एक पटक पढ्नुहोस