After header

बालाजुको जुत्ता कारखानामा आगलागी

काठमाडौं । काठमाडौंको बालाजुमा रहेको जुत्ता कारखानामा आगलागी भएको छ । बालाजु बाइसधारामा रहेको वान वर्ल्ड जुत्ता कारखानामा आगो आगलागी भएको छ ।

काठमाडौं जिल्ला प्रहरी परिसरका प्रवक्ता एसपी दिनेशराज मैनालीका अनुसार अहिले आगो निभाउने प्रयास भइरहेकोे जानकारी दिए । काठमाडौं महानगरपालिकाको दमकलले र ललितपुर महानगरबाट पनि अर्को दमकल झिकाइए आगो निभाउन कार्य भईरहेको उनले बताए ।

नेपाली सेना र सुरक्षाकर्मीसहित दमकल र तीनवटा ट्याङ्करमार्फत पनि आगो निभाउने प्रयास जारी छ । अहिलेसम्म आगलागीको कारण खुलेको छैन । घटनाको थप विवरण आउन बाँकी छ । आगलागीबाट नजिकका घरहरू जोखिममा रहेको मैनालीले जानकारी दिए ।

एक पटक पढ्नुहोस