काभ्रेका रायमाझीलाई अमेरिकाको कन्ट्याक्ट लेन्स अवार्ड

काठमाडौ/

माइक्रोबायोलोजीमा विद्यावारिधि शोधरत विनोद रायमाझीले संयुक्त राज्य अमेरिकाबाट दिइने ‘कन्ट्याक्ट लेन्स रिसर्च अवार्ड-२०२२’ प्राप्त गरेका छन् ।

अमेरिकाको ‘एकेडेमी अफ अप्टोमेट्री फाउन्डेसन’ले आँखामा कन्ट्याक्क लेन्स लगाउँदा हुने सूक्ष्म विनाशकारी संक्रमणबारे गरेको अनुसन्धानका लागि उनलाई यो अवार्ड प्रदान गरेको हो ।

अवार्डमा रायमाझीको थप अनुसन्धानलाई सहयोग गर्न २ हजार अमेरिकी डलर अनुदान तथा यसै वर्ष क्यालिफोर्नियाको सान डिएगोमा हुने ‘अमेरिकन एकेडेमी अफ अप्टोमेट्री’को वार्षिक बैठकमा भाग लिन पाउने व्यवस्था रहेको छ ।

काभ्रेपलाञ्चोकका रायमाझीले अष्ट्रेलियाको ‘युनिभर्सिटी अफ न्यू साउथ वेल्स’बाट माइक्रोबायोलोजीमा विद्यावारिधि शोध गरिरहेका छन् । संक्रामक रोग तथा सूक्ष्म जिवाणुबारे‌ रायमाझीका लेखहरू प्रकाशित छन् ।

एक पटक पढ्नुहोस