After header

शौच गराउँदा एक किलो सुन भेटिएपछि

काठमाडौं/  एककिलो सुन सहित एक भारतीय नागरिक पक्राउ परेका छन् । फ्लाई दुबईको उडानबाट दुबईबाट काठमाडौं आएका उनलाई विमानस्थल सुरक्षा कार्यालयले शनिबार आगमन गेटबाट पक्राउ गरेको प्रहरी प्रधान कार्यालयले जनाएको छ । । पक्राउ पर्नेमा भारतीय राहदानी नम्बर भी११२२८९० वाहक ३१ वर्षका राहुल रेमानान रहेका छन् ।

उनी राहुलको गतिविधि शंकास्पद देखिएपछि नियन्त्रणमा लिएर काठमाडौं मेडिकल कलेजमा एक्स–रे गर्दा पेटभित्र शंकास्पद वस्तुको आकृति देखिएकाले उनलाई प्रहरी वृत्त गौशालामा लगेर शौच गराउँदा मलद्वाराबाट बेलनाकारको सुनको चार वटा पोका फेला परेको प्रहरीले जनाएको छ । यसका विषया थप अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ ।

एक पटक पढ्नुहोस