पनौती/
चरम गरिबिको मारमा जिवन गुजारा गरिरहनु भएको पनौती नगरपालिका ३ ओडारे निवासि ६७ वर्षिया एकल महिला सिता सापकोटालाई आर्थिक तथा खाद्यान्न सहयोग प्राप्त भएको छ । पनौती उद्योग वाणिज्य संघको उपाध्यक्ष पुनम मोत्तान जंगमले आइतवार पिडित वृद्धाको घरमै पुगेर खाद्यान्न, लत्ताकपडा तथा आर्थिक सहयोग गर्नुभएको हो ।
दुईवर्ष अघि श्रीमान हर्कवहादुर गुमाएकी सिताले ६ महिना अघि छोरा कृष्ण वहादुरको मृत्युको खवरले थप पिडा दिएको थियो । स्थानीय सरस्वती सापकोटाले जानकारी दिए अनुसार आडारे गाउको एकान्त कुनामा घरमा बस्ने सिताको छोरा पोखरामा मृत्यु भएको खवर ६ महिना अघि आएको थियो । ‘ढुंगा खानीले किचेर छोरोको मृत्यु भयो, खोला बगरमा लाश भेटेको भन्ने खवर आएको हो’ छिमेकी सरस्वतीले भन्नुभयो– यहि खवरको आधारमा काज किरिया गरिएको हो ।
सिताको एक वुहारी भएपनि पोखरा माइतीमै बसेको कारण यहा एक्लै भएको गाउलेको भनाई छ । उनको ६ वर्ष र १३ महिनाको दुई नाती पनि छन् । श्रीमानको मृत्यु भएको, छोराको पनि मृत्यु भएको बुहारी यहा नबसेको कारण सितालाई हातमुख जोर्न धौधौ भएकोले जंगम परिवारलाई केहि राहतको व्यवस्था गरिदिन अनुरोध गरेको भन्द स्थानीय समाजसेवी महेश थापा भन्नुहुन्छ– पनौती उद्योग वाणिज्य संघको उपाध्यक्ष पुनम जंगमको परिवाले यी वृद्धालाई आवश्यक लत्ता कपडा, राशन सबै उपलब्ध गराईदिएका छन् । 
जंगम परिवारले यस अघि सत्रवर्ष देखि वेपत्ता भएको आफ्नो छोराको पर्खाइमा रहेकी यहि वडाको ७५ वर्षिया एक आमालाई एकवर्षको लागि खाद्य समाग्री उपलब्ध भएको छ । पनौती उद्योग वणिज्य संघको उपाध्यक्ष पुनम लामा जंगम उहाको पति जंगवहादुर जंगम र छोरा पुजन जंगमले वृद्धाको घरमै पुगेर रासन उपलब्ध गराईदिए पछि स्थानीय वासिहरुले उहाहरुको कार्यको प्रशंसा गरेका थिए ।
