After header

प्रधानमन्त्री देउवा र ओलीबीच भेटवार्ता

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले भेट्न बोलाएपछि नेकपा एमालेका अध्यक्ष केपी ओली बालुवाटार पुगेका छन् । बालुवाटारमा देउवा र ओली बिच अहिले भटेवार्ता भइरहेको प्रधानमन्त्री सचिवालयले जनाएको छ । सत्ता गठबन्धनका दलहरुबीच सिट बाँडफाँटमा सकस परिरहेका बेला प्रधानमन्त्री देउवाले ओलीसँग भेटेका हुन् ।

भेटमा मंसिर ४ को प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचन, नागरिकता विधेयक र संक्रमणकालीन न्यायका विषयबारे छलफल भएको स्रोतले जनायोको छ ।

एक पटक पढ्नुहोस