After header

यही भाद्र १० गते “जनताको साथमा कांग्रेस” अभियान शुभारम्भ हुदैँ

काभ्रे/ नेपाली कांग्रेस काभ्रेले यही भाद्र १० गते “जनताको साथमा कांग्रेस” अभियान शुभारम्भ गर्ने भएको छ । आउदै गरेको संघीय र प्रदेश निर्वाचनका लागि तयारीका साथ यस कार्यक्रमको आयोजना गर्न लागेको नेपाली कांग्रेसका जिल्ला सभापति तिर्थ लामाले जानकारी दिए ।

यही मंसिर ४ गते संघीय र प्रदेशको निर्वाचन हुने भएकाले केन्द्रको निर्णय अनुसार हामीले भदौ १० गते बनेपामा कार्यक्रममा शुभारम्भ गरेर काभ्रेको १ सय ३५ वडामा नै यस कार्यक्रम सञ्चाल गर्ने तयारी भईरहेको सभापति लामा जनाकारी दिए ।

“जनताको साथमा कांग्रेस” अभियान बनेपामा १० गते नेपाली कांग्रेसका केन्द्रिय सदस्य एवं काभ्रे जिल्लाका लागि केन्द्रिय प्रतिनिधि रमा कोइरालबाट शुभारम्भ गरिने समेत उनले जानकारी दिए । यही भाद्र १० गते बाट भाद्र २४ गते सम्म “जनताको साथमा कांग्रेस” अभियान चल्ने लामाले जानकारी दिए । काभ्रेका १३ वटा स्थानिय तह, १ सय ३५ वडा र टोल टोलमा गई “जनताको साथमा कांग्रेस” अभियानलाई प्रथामिकताका साथ हामी लागि पर्ने बताए ।

यस कार्यक्रमको उदेश्य भनेकै जनताको समस्या र अब जनताले चाहेको के कस्ता छन् भन्ने उदेश्यले यस कार्यक्रम आयोजना भएको र हामी काभ्रेको सबै ठाउँ पुग्ने र जनताको समस्या भोलिका दिनमा समाधान गर्न पनि सहज हुने लामाले बताए । यसका लागि जिल्ला कार्यसमितिले सबै कार्यक्रम तह गरिसकेकाले भाद्र १० गते शुभारम्भ पछि भाद्र ११ गते बाट नेपाली काग्रेस गाउँ गाउँ र टोल टोल पुगी अगामी निर्वाचनका बारेमा प्रष्ट धारण राख्ने समेत लामाले जानकारी दिए ।

एक पटक पढ्नुहोस