काभ्रे/ काभ्रे जिल्लामा जनताको साथमा कांग्रेस अभियान सुरु भएको छ । नेपाली कांग्रेस केन्द्रीय समितिको आगामी मंसिर ४ गते संघ र प्रदेशको निर्बाचनमा पार्टीको पक्षमा माहोल सिर्जना गर्न यही भदौ १० गतेदेखी २४ गतेसम्म जनताको साथमा कांग्रेस अभियान संचालन गर्ने परिपत्र अनुसार शुक्रबार देखि काभ्रेमा पनि जनताको साथमा कांग्रेस अभियान सुरु गरिएको हो ।
अभियान कार्यक्रमको उद्घाटन गदै नेपाली कांग्रेस केन्द्रिय सदस्य एवं अभियानका काभ्रे जिल्ला प्रतिनिधि रमा कोइराला पौडेलले अहिलेको अवस्थामा पाँच दलीय गठबन्धन आवश्यक रहेको बताईन् । नेकपा एमालेका अध्यक्ष केपी ओलीको दम्भका कारण अहिले देशमा गठबन्धन आवश्यक ठानेर कांग्रेसले अभिभावकको भूमिका मात्रै खेलेको उनले बताईन् । जनताले दुई तिहाई दिदाँ समेत सत्ता टिकाउन नसकेका ओलीले अहिले जनतालाई भ्रम फैलाईरहेका छन् ।

भष्ट्रचारीहरुलाई जनताले अबका दिनमा साथ र सहयोग नगर्ने भर्खरै सम्पन्न स्थानिय निर्वाचन बाट नै देखिएको उनले बताईन् । आउदै गरेको निर्वाचनका लागि सबै नेपाली काग्रेसका नेता कार्यकर्ता टोल टोलमा गई जनताका भावना र समस्या बुझ्न समेत उनले आग्रह गरिन् । यस देशका लागि नेपाली काग्रेस पार्टी बाहेक कसैले पनि जनताको मन जित्न नसकेको बताउदै जनताको समस्या नै नेपाली काग्रेसको समस्या भएको उनले दावी गरिन् ।
केन्द्रीय निर्णय अनुसार शुरु भएको यस कार्यक्रमलाई काभ्रेको १ सय ३५ वडा र १३ वटा स्थानिय तहमा सबै जिल्ला नेताहरु गई टोल टोलमा अहिले भईरहेको सबै समस्या र भोलिका दिनमा जनताले चाहेको बारेमा बुझ्न उनले आग्रह गरिन् । कार्यक्रममा नेपाली काग्रेस केन्द्रिय सदस्य गणेश लामाले एमालेले अहिले जनताका अगाडि भ्रम छरिरहेका अवस्था जनताका अगाडि गई यथार्त प्रष्ट पार्न आवश्यक रहेको बताए ।
उनले अहिले पाँच दलिय शिर्ष नेताहरु सिट बाँडफाडका लागि बैठक चलिरहेका अवस्था आधिकारीक नआई सिटका विषयमा काही केही नबोल्न समेत आग्रह गरे । यति बेला केन्द्रीय कार्यसमितिको निर्णय अनुसार जनता साथमा काग्रेस अभियान शुरु भईरहेकाले सबै नेता कार्यकर्ता हामी जनताको घरघर पुगि जनताको समस्या र निर्वाचनका विषयमा प्रष्ट धारण राख्न आग्रह गरे ।
कार्यक्रममा नेपाली काग्रेसका बागमती प्रदेशका महामन्त्री कचनचन्द्र वादेले आउदै गरेको निर्वाचनमा मुख होइन रुख हेरौं भन्दै आम कांग्रेस कार्तकार्तलाई भोट माग्न आग्रह गरे । अहिलेको अवस्था चुनौती पूर्ण रहेकाले जनता साथमा काग्रेस अभियानलाई टोल टोलमा गई सबै मतदाता सगँ यसका बारेमा प्रष्ट पार्न समेत उनले आग्रह गरे ।
कार्यक्रममा नेपाली काग्रेस बागमती प्रदेशका सहमहामन्त्री हरिशरण श्रेष्ठ, काग्रेसका नेता इन्द्रमणी अधिकारी, नेपाली काग्रेसका १ नं. संघीय सभापति दिनेश लामा, २ नं. संघीय सभापति एवं प्रदेश कार्यसमितिका सभापति लगायतका नेताहरुले जनताको साथमा कांग्रेस अभियान प्रभावकारी बनाउनेमा जोड दिएका छन् । उनीहरुले कांग्रेसकै नेतृत्वमा हुने संघ र प्रदेशको निर्बाचनमा स्वतन्त्र, निस्पक्ष रुपमा जनतालाई मताधिकारको प्रयोग गर्ने वातावरण सिर्जना गर्नु पर्ने बताए ।
कार्यक्रममा नेपाली काग्रेसका काभ्रेका जिल्ला सभापति तिर्थ लामाले नेपाली कांग्रेस जिल्ला कार्यसमितिका पदाधिकारी, सदस्य, भातृ तथा सुबेश्छुक संघ सस्थाहरुका नेताहरुलाई पार्टीको अभियान जनताको साथमा कांग्रेस अभियान सफल बनाउन सक्रिय हुन निर्देशन दिए । उनले भने, कांग्रेसका सबै नेताहरु गाउँ केन्द्रीय बनौँ ।
जनताका सुख दुखमा साथ दिऊ । कांग्रेसले अहिलेसम्म गरेका राजनीतिक, सामाजिक आर्थिक परिवर्तनहरुका बिषयमा चर्चा गरौँ । अहिले कांग्रेसबाट जनताले गरेको अपेक्षा सुनौँ र स्थानिय तहमा काग्रेस बाट जितेका जनप्रतिनिधीहरुले कस्ता काम गरेका छन् । यसका विषयमा पनि जनता सग सहकार्य गदै भोलिका दिनमा के कस्ता काम गर्नु पर्ने यसका विषयमा समेत सुझाव लिन लामाले आग्रह गरे ।
