After header

आदर्श बिद्या मन्दिरबाट एसइइ जिल्ला प्रथमलाई सम्मान  

बनेपा / आदर्श बिद्या मन्दिर बनेपाको दशै बिषेश कार्यक्रम र कक्षा ११ मा नयाँ भर्ना भएका बिद्यार्थीहरुलाई स्वागत कार्यक्रम बनेपामा सम्पन्न भएको छ । आईतबार बिद्यालयको ब्यवस्थापन समितिको अध्यक्ष प्रल्हाद काफ्लेको अध्यक्षतामा भएको कार्यक्रममा स्वास्थ्य तथा उत्प्रेरणा विज्ञ डा तारा प्रसाद गिरिको प्रमुख अतिथ्यमा कार्यक्रम भएको थियो ।  प्रमुख अथिति गिरिले कार्यक्रममा आफ्नो प्रस्तुती प्रस्तुत गर्नु भएको थियो । २०७८ को एसइइ परिक्षमा काभ्रे जिल्ला प्रथम हुने बिद्यालयको छात्रा भूमिका केसी लार्ई बिद्यालयको तर्फबाट सम्मान गरिएको थियो । कार्यक्रममा सार्वजानिक क्षैशिक गुठी बिद्यालय संघको केन्द्रिय सचिब सरोज न्यौपाने, आर्दश बिद्या मन्दिर बिद्यालयको प्रिन्सिपल रामप्रसाद तिमल्सिना लगायतले मन्तब्य राख्नु भएको थियो । दशै बिषेश भएको कल्चर कार्यक्रममा कक्षा ११ र १२ का बिद्यार्थीहरुले बिभिन्न साँस्कृतिक प्रस्तुत गरिएको थियो । आईतबार भएका कार्यक्रममा आर्दश बिद्या मन्दिर बिद्यालयमा कक्षा ११ मा बिभिन्न संकायहरुमा नयाँ भर्ना भएको बिद्यार्थीहरुलाई स्वागत तथा बिद्यालयको ब्याज बितरण गरिएको थियो । बिद्यायलको शिक्षक सुमन तिमल्सिनाले संचालन गरिएको बिद्यार्थीहरुलाई स्वागत तथा सम्मान कार्यक्रममा कक्षा १२ बिज्ञान समूहमा अध्ययनरत छात्रा प्रतिक्षा शर्माले स्वागत मन्तब्य राखेकि थिइन् ।

एक पटक पढ्नुहोस