After header

बालवालिकालाई सहयोग गर्दै जन्म दिन मनाउँदै बुद्व

रोशी / रोशी गाउँ पालिका वडा नं ११ छाहरेमा रहेको बाल केन्द्र आधारभूत बिद्यालयमा आजय बुद्ध लामा मिप्चनले आफ्नो जन्म दिन मनाएको छ । युवा ब्यक्तित्व यो समाजको लागि केहि गरौ भन्ने सोचका निरन्तर बिभिन्न सामाजिक अभियानहरुमा साथ दिदै आएका रोशी ११ करमडाडाँको लामाले आफ्नो ३० औ बर्ष पुरा भएर ३१ औ जन्म दिनको अवसरमा बिद्यालयमा रहेका बालवालिका संग जन्म दिन मनाएको हो ।  रोशी ११ छाहरेमा रहेको उक्त बिद्यालयको बालवालिकाहरुलाई स्कुल ब्याग र शैक्षिक सामाग्रीहरु बितरण गरेर बिद्यालयको बालवालिका संग जन्म दिन मनाएको लामाले बताए । अहिलेको युवाहरु बिभिन्न ठुला ठुला होटलहरु र रेष्टुरेन्टहरुमा जन्म दिन मनाउने गरे पनि लामाले भने अलि फरक तरिकाले जन्म दिन मनाएको हो । लामाले केक काटेर फजुल खर्च गरेर जन्म दिन मनाउनु भन्दा बिकटमा रहेका बालवालिकाहरुलाई शैक्षिकरुपमा केहि टेवा पु¥याउन सकिन्छ कि भन्ने सोचले बिद्यालयमा पुगेको बताए । बिगतको बर्षहरुमा समेत बिभिन्न क्षेत्रहरुमा सामाजिक कार्य गरिदै जन्म दिन मनाउदै आएको लामाले शान्ति बुद्ध प्राबिमा गत बर्ष कम्प्युटर शैक्षिक सामाग्री बितरण गरेर जन्म दिन मनाएको थियो । बिभिन्न बिद्यालयहरुमा शैक्षिक सामाग्री बिद्यालयमा बालवालिकाहरुको लागि खेलौना प्रयोजन गरिदै आएको लामाले जानकारी दिए । आजय बुद्ध लामा संग आफ्नो जन्म दिन मनाउन बिद्यालयमा उहाँकी धर्मपत्नी दिल प्यारी तामाङ, नेपाली कांग्रेस वडा उप सभापति बलराम आले, स्थानिय पशुपति स्याङतन, राम भक्त श्रेष्ठ लगायतका युवाहरु संग शैक्षिक सामाग्री लिएर बिद्यालयमा पुगेका थिए ।

एक पटक पढ्नुहोस