After header

एमाले नेता ढुंगेलको निधन

काठमाडौं/ नेकपा एमालेका नेता बालकृष्ण ढुंगेलको आज निधन भएको छ । नेकपा एमालेका पोलिटब्युरो सदस्य समेत रहेका बालकृष्ण ढुंगेलको शनिबार निधन भएको हो । काँडाघारीस्थित आफ्नै निवासमा बाथरुममा लडेर उनको निधन भएको पारिवारिक स्रोतले जानकारी दिएको छ ।

२०६४ सालमा ओखलढुंगा जिल्लाबाट माओवादीबाट संविधानसभा सदस्यमा निर्वाचित भएका थिए । सशस्त्र युद्धकालमा ओखलढुंगाका उज्जनकुमार श्रेष्ठ हत्या अभियोगमा सर्वोच्च अदालतबाट दोषी ठहर भई जेल सजाय भोगेका उनी २०७५ सालमा गणतन्त्र दिवसका अवसरमा रिहा भएका थिए ।

एक पटक पढ्नुहोस