काठमाडौं/ एमालेका नेता घनश्याम भूसालले आफूले आजदेखि नेकपा एमाले छाडेको घोषण गरेका छन् । नेकपा एमालेका स्थायी कमिटी सदस्य समेत रहेका घनश्याम भूसालले एमाले त्यागेको घोषणा गरेका छन् । उनले सामाजिक सञ्जाल मार्फत आजको मितिबाट एमाले पार्टी छोडेको बताएका छन् ।
पार्टीमा नीति र विधिको पुनर्स्थापना हुने कुनै सम्भावना नदेखेको र अध्यक्षकेपी शर्मा ओलीसँगै रहेर आन्दोलन र आफैंप्रति पनि इमान्दार रहन नसक्ने भएपछि एमालेमा नबस्ने निर्णय गरेको उनले बताएका छन् ।

भूसालले सामाजिक सन्जालमा लेखेका छन्, ‘म स्वयम्ले ४५ वर्षसम्म आफ्नो सम्पूर्ण सामर्थ्य समर्पित गरेको यो पार्टीमा नीति र विधिको पुनर्स्थापना हुने कुनै सम्भावनासमेत नदेखेपछि, अध्यक्ष ओलीसँगै रहेर आन्दोलन र आफैप्रति पनि इमान्दार रहन नसकिने भएपछि यस पार्टीमा नरहने निष्कर्षमा पुगेको छु ।’
