After header

काभ्रेको दुई क्षेत्रमै उम्मेदवारी दर्ता सम्पन्न

काभ्रे/ यही मंसिर ४ गते हुने गईरहेको प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि आज मनोनयन दर्ता भएको छ । प्रतिनिधि सभा काभ्रेमा दुई वटा निर्वाचन क्षेत्र रहेको छ । त्यसमा प्रतिनिधि सभा १ मा गठबन्धनको तर्फबाट माओवादी केन्द्रका पूर्व राज्यमन्त्री सुर्यमान दोङ र एमालेको तर्फबाट पूर्व राज्यमन्त्री रेशमबहादुर लामाले उम्मेदवारी दर्ता गरिएका छन् ।

त्यस्तै प्रतिनिधि सभा क्षेत्र नं २ मा सत्ता गठबन्धन नेपाली कांग्रेस बाट पूर्व सांसद शिव प्रसाद हुमागाईले उम्मेदवारी दिएका छन् । सो क्षेत्रमा नेकपा एमालेबाट पूर्व मन्त्री गोकुल बास्कोटाले उम्मेदवारी दिएका छन् । प्रतिनिधि सभा १ को प्रदेश तर्फ गठबन्धनबाट नेकपा माओवादी केन्द्रको वाहलवाल प्रदेश मन्त्री रत्न ढकाल र एमालेका दिलीप लामाले उम्मेदवारी दिएका छन् । प्रदेश सभा ख मा सत्ता गठबन्धनबाट नेपाली कांग्रेस काभ्रेका सभापति संबिधान सभा सदस्य तिर्थ लामा र एमालेबाट बागमती प्रदेशको पुर्व मन्त्री चन्द्र लामाले उम्मेदवारी दिएका छन् ।

प्रतिनिधि सभा २ को प्रदेश सभा क मा गठबन्धनबाट नेकपा एकिकृत समाजवादीका लक्ष्मण लम्साल र एमालेबाट कुमार खकुरेलले उम्मेदवारी दिएका छन् । प्रदेश सभा ख मा गठबन्धनबाट नेपाली कांग्रेसका पूर्व राज्यमन्त्री कञ्चनचन्द्र वादे श्रेष्ठ र एमालेका कुमार थापाले उम्मेदवारी दिएका छन् ।

संघ र प्रदेशको निर्वाचनका काभ्रे जिल्लामा सबै पुरानै अनुहार भएपनि केहि नयाँ अनुहारले पनि टिकट पाएका छन् । नेकपा एमाले तर्फ बाट प्रतिनिधि सभा २ को प्रदेश सभा तर्फ दुवै जना नयाँ अनुहार रहेका छन् । कुमार थापा र कुमार खकुरेल यस अघि निर्वाचनमा नहोमिएका अनुहार हुन् । गठबन्धन दलहरुले पुरानै अनुहारहरुलाई पुन टिकट दिएर उम्मेदवार बनाएको छ ।

प्रतिनिधि सभा १ मा नेकपा माओवादी केन्द्रको केन्द्रिय सदस्य एवं पुर्व राज्य मन्त्रीलाई उम्मेदवार बनाएको छ । नेकपा एमाले पार्टीले पनि सो क्षेत्रमा नयाँ अनुहार दिएको छैन । राप्रपा बाट एमाले प्रवेस गरिएका पुर्व मन्त्री रेशम लामालाई एमालेले उम्मेदवार बनाएको छ । प्रतिनिधि सभा २ को उम्मेदवारमा गठबन्धनको तर्फ बाट नेपाली कांग्रेस पुर्व केन्द्रिय सदस्य एंव पुर्व संसाद शिब प्रसाद हुमागाईलाई उम्मेदवार बनाएको छ ।

एमाले पार्टीले एमालेको केन्द्रिय सदस्य एंव पुर्व मन्त्री गोकुल बाँस्कोटालाई उम्मेदवार बनाएको छ । प्रदेश सभामा यस पटक पनि दुई तिन जनाले अवसर पाएका छन् । प्रतिनिधि सभा १ कोे क मा बागमती प्रदेशको खेलकुद मन्त्री रत्न ढकाल र एमाले बाट ख मा पुर्व मन्त्री चन्द्र लामाले पुन अवसर पाएका छन् । प्रतिनिधि सभा २ को प्रदेश सभा क मा लक्षमण लम्सालले पुन अवसर पाएका छन् । अघिल्लो पटक एमाले बाट प्रदेश सभामा निर्वाचित लम्साल यो पटक गठबन्धन एकिकृत समाजवादी पार्टी बाट टिकट पाएका हुन् ।

एक पटक पढ्नुहोस