After header

गठबन्धन बिरुद्ध एसका काभ्रे अध्यक्ष हुमागाईले दिए उम्मेदवारी

काभ्रे/  गठबन्धन बिरुद्ध बागमती प्रदेश कृषिमन्त्री समेत रहेका नेकपा एकीकृत समाजवादी कभ्रे जिल्ला अध्यक्ष बसुन्धरा हुमागाइले उम्मेदवारी दिएका छन ।काभ्रे प्रतिनिधि सभा २ को प्रदेश सभा (ख) मा गठबन्धनबाट नेपाली काङ्ग्रेस नेता पूर्व राज्यमन्त्री कञ्चन वादेलाई उम्मेदवारी बनाएको थियो ।

हुमागाइले सो क्षेत्रमा गठबन्धन बिरुद्ध उम्मेदवारी दिएका हुन । ०७४ मा नेकपा एमालेबाट प्रदेश सदस्य निर्वाचित भएका हुमगाइ नेकपा फुट पछि एकीकृत समाजवादी पार्टीमा लागेका थिए । हुमगाइ पार्टीको निर्देशन अनुसार आफुले प्रदेश सभा सदस्यको लागि मनोनयन दर्ता गरेको बताएका छन् ।

गठबन्धनमा नेकपा एकिकृत समाजवादीलाई प्रदेश सभा २ (क) मा मात्र सिट पाएको थियो । उक्त क्षेत्रमा नेकपा एसबाट लक्ष्मण लम्सालले उम्मेदवारी दर्ता गराएका छन् ।

एक पटक पढ्नुहोस