After header

कार्यालय प्रमुखलाई कालोमोसो

विराटनगर/  यातायात व्यवस्था कार्यालय धनकुटाका कार्यालय प्रमुख बाबुराम लुईंटेललाई बुधबार दिउँसो लुईंटेलमाथि कार्यकक्षमै कालोमोसो छ्यापिएको छ । प्रमुख लुईंटेललाई सेवाग्राहीबाट प्रतिव्यक्ति १८ हजार रूपैयाँसम्म घुस लिने गरेको आरोप लगाउँदै पार्टीलाई प्राप्त भएको गुनासोका आधारमा छानबिन गर्दा प्रमाणित भएकोले चेतावनीस्वरुप कालोमोसो दलेको नेकपा (बहुमत) धनकुटा संयोजक मोहन घलेले विज्ञप्तिमार्फत जनाएका छन् ।

यता कार्यालयको कर्मचारी स्रोतले भने विभिन्न समूहका नाममा कार्यालयमा चन्दा माग हुने गरेको र चन्दा नदिएका कारण कार्यालय प्रमुखमाथि दुर्व्यवहार भएको दाबी गरेका छन् । कर्मचारीहरूले कार्यालयमा काम गर्ने वातावरण नबनेको भन्दै सुरक्षाको व्यवस्था नभएसम्म काम नगर्ने चेतावनी दिएका छन् ।

घटनामा संलग्नलाई पक्राउ गरी कारबाही गर्न समेत उनीहरूले माग गरेका छन् । धनकुटा प्रहरीले कार्यालय प्रमुख लुईंटेलमाथि कालोमासो दलेको घटनामा संलग्न रहेका व्यक्तिहरूको पहिचान भएपनि कोहीपनि पक्राउ नपरेको जनाइएको छ । उनीहरुको खोजी भइरहेको प्रहरीले जनाएको छ । धनकुटामा करिब दुई बर्षअघि मात्रै यातायात व्यवस्था कार्यालय स्थापना गरिएको थियो । विराटनगर घर भएका लुईंटेल एक बर्षयता त्यहाँ कार्यालय प्रमुखका रुपमा कार्यरत रहेका थिए ।

एक पटक पढ्नुहोस